नेपाली-एस्पेरान्तो शब्दकोश

Nepali-Esperanto-vortaro

















नेपाल एस्पेरान्तो संघ

Nepala Esperanto-Asocio







Unua eldono

Eldonjaro: 2009

Eldoninto:

Eldonkvanto: 1000 ekzempleroj





Versio de sabato 20 decembro 2008 (versio118-finita-ordigita.odt)





नेपाली-एस्पेरान्तो शब्दकोश
Nepali-Esperanto-vortaro



संकलन
राजेन मानन्धर



सम्पादक मण्डल
नरेन्द्र राज भट्टराई, याकोब नोअफेल्क,
पोषराज सुबेदी, फिलिप पियर्स



प्रकाशन
नेपाल एस्पेरान्तो संघ







विषय-सूची – Enhavo

सम्पादकीय – Saluto de redaktoroj 5

एस्पेरान्तोको परिचय – Enkonduko pri Esperanto 5

केही उपयोगी वेभसाइटहरू 12

एस्पेरान्तो व्याकरण – Gramatiko de Esperanto 13

() अक्षर 13

() नियम 13

() पूर्वसर्ग र परसर्ग 16

सङ्केत‌-सूची – Mallongigoj de vortklasoj 18

शब्दकोश – La vortaro 19

सन्दर्भ-सूची – Fontindokoj 170

त्रुटी-टिपोट – Notoj kaj korektoj 172

अनुमति-पत्र – Permesilo 173

Creative Commons Atribuo-Nekomerca-Distribui kun sama permesilo 3.0 173

सम्पादकीय – Saluto de redaktoroj

PROVIZORA TEKSTO

Tio ĉi estas labora versio de la Nepala-Esperata vortaro kiun origine faris Razen Mandahar, sed kiu 5-persona laborgrupo nun traktadas. La laborgrupo konsistas el Razen Mandahar, Jacob Nordfalk, Narendra Raj Bhattarai, Phillip Pierce kaj Poshraj Subedi.

Vortaro estas grava afero, dum multe da jaro laboris, dankon al tiuj kiuj helpis al gxi. Dankon al KAEM por mona subteno.

Retadreso kie oni povas elŝuti ĝin en diversaj versioj senpage (http://javabog.dk).

Ni dankas al Madan Puraskar Pustakalaya – http://mpp.org.np/ por por la fontokodo por konverti la tekston al unikodo kaj por la nepala vortaro de OpenOffice.org.

La vortaro enhavas 7071 vortojn.

एस्पेरान्तोको परिचय – Enkonduko pri Esperanto

एकैछिन सोचौँ, संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै करीब एक सय भाषा भएको अन्दाज गरिन्छ भने यत्रो संसारको पाँच अरब बासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन ।

अब एकातिर संसारका सबै मानिस एक हुन् – को गोरा को काला, को धनी को गरीब, को सभ्य को असभ्य, सबै मानिस भाइ भाइ भएर बाँच्नु पर्दछ भनेर विश्व भातृत्ववादको नारा घन्काइन्छ, बसुधैव कुटुम्बकम् जपिन्छ भने अर्को तिर यो अङ्ग्रेजी बोल्ने, यो जापानी बोल्ने, यो नेपाली बोल्ने भनेर मानिस मानिसको वर्गीकरण गर्ने मात्र हैन, बोलिने भाषाको आधारमा जातीय दुश्मनी र ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनुश्यताको भावना समेत श्रृजना गर्ने हाम्रो परिपाटी रहिआएको छ । यस्तो वातावरणमा हामी यो कल्पना मात्र गर्न सक्छौँ कि संसारको अर्को कुनामा जाँदा भाषिक समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैँ कुराकानी गर्न सकियोस् । तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुनसक्ला भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन ।

आजको युगमा मानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमा जानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषा सिकिराख्‍ने कुरा पनि आएन । त्यसैले आज भोलि यस्तो एउटा भाषा, जसले दुई विभिन्न भाषाभाषी देश बीच विचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महसुस गरिनु स्वाभाविक हो । यसका लागि अन्तर्राष्ट्रिय सञ्चारको निमित्त एउटा देशको भाषा विश्वका अन्य देशवासीहरूले सिकेर आफ्नो देश बाहिर उक्त भाषाको माध्यमबाट सञ्चार गर्न सक्दछ । यहाँ कुन चाहिँ भाषालाई यस्तो अन्तर्राष्ट्रिय भाषा बनाउने भन्ने प्रश्न हाम्रो सामु आउँछ र कुनै एक सम्पन्न देशको भाषा नै विश्व प्रयोजनको लागि उपयुक्त वा स्तरीय मानिन्छ । यो उपाय पनि राम्रै हो तर यो त्यसबेला मात्र मान्य हुनेछ, जुन बेला संसारका सबै मानिसले त्यस देशप्रति समर्पणको भावना राख्‍न मञ्जुर गर्दछ । अन्यथा कुनै पनि स्वाभिमान व्यक्ति अन्तर्राष्ट्रिय प्रयोगको लागि भनेर कुनै देश विशेषको भाषा सिक्न मन पराउँदैन । उसले आफ्नो मातृभाषाको पनि उत्तिकै अस्तित्व देख्छ, जति विदेशी भाषाको हुन्छ । अर्को, यस्तो विदेशी भाषा सिकेर बोलेमा उसले कहिल्यै त्यति राम्रो र स्पष्ट बोल्न सक्दैन , जति त्यो देशको एक अनपढ व्यक्तिले बोल्न सक्छ अनि त्यस्तो परिस्थितिमा असमानताको वातावरण श्रृजना हुनु स्वाभाविक पनि हो । यस बाहेक यस किसिमको प्रक्रियाले गर्दा विश्व समक्ष उक्त भाषाका धनी देशको प्रतिष्ठा स्वतः बढ्छ र अप्रत्यक्ष रूपमा उपनिवेशले झैँ अरू देशले त्यो देशलाई सम्मानको दृष्टिले हेर्नुपर्ने हुन्छ र त्यहाँको संस्कृति र रहनसहन अँगाल्नु पर्ने हुन्छ । यस प्रकारको विश्वभाषाको कुरा गर्दा हामी नेपालीहरू साधारणतया अङ्ग्रेजीलाई अगाडि राख्छौँ । बाह्र वर्ष स्कुल क्याम्पसमा पढेर पनि जाँचमा पास हुन धौधौ पार्ने यो भाषा के विश्वभाषा बन्न सक्ला ? प्रश्न हाम्रै लागि पनि सोचनीय छ । त्यसमाथि पनि संसारको जुनसुकै कुनामा पनि अंग्रेजी बोलिन्छ भन्ने धारणा राख्‍नु गलत हुनेछ । युरोपकै कुरा गर्ने हो भने पनि ब्रिटिश द्वीपहरू बाहेक अन्य देशहरूमा बिरलै मात्र अङ्ग्रेजी बोलिन्छ ।

कुनै एक भाषाका प्रभुत्वबाट बच्न एउटा तटस्थ, सजिलो, चाँडै सिकिने र कुनै देशको राजनीति एवम् संस्कृतिमा आँच नआउने भाषाको “निर्माण” गर्ने विचार मानिसहरूले धेरै पहिले देखि गरिआएका थिए । विश्वको पहिलो कृत्रिम अन्तर्राष्ट्रिय भाषाको रूपमा भोलापुक (Volapük) लाई लिन सकिन्छ । मार्टिन स्लायरले ई. १८८० सम्ममा बनाइसकेको यो भाषा एकताका सफल नै भयो तर पछि केही वर्षमै सिक्न गाह्रो, नमिल्ने गरी बनाइएका शब्द इत्यादि कारणले लोप हुन गयो ।

. १८८७ को जुलाई २३ तारिखका दिन यस्तै अर्को भाषा एस्पेरान्तो (Esperanto) को जन्म भयो । यस दिन डा. एस्पेरान्तो (आशावादी) भन्ने उपनामले रुसी भाषाबाट पहिलो पुस्तक नामक एउटा सानो पुस्तक प्रकाशित भएको थियो, जसमा सिक्न अत्यन्तै सजिलो एउटा भाषा सम्बन्धी साधारण जानकारी दिइएको थियो । यसका लेखक डा. लाजारो लुदोभिक जामेनहोफ थिए, जसको जन्म ई. १८५९ को डिसेम्बर १५ का दिन तत्कालीन रुसी प्रान्त ब्यालिस्तोक (हाल पोल्याण्ड) मा भएको थियो । त्यो प्रान्तमा राजनैतिक अस्थिरताको कारणले गर्दा विभिन्न देशका बासिन्दाहरू आएर बसेका थिए । तिनीहरूमा भाषिक असमानता रहेकोले एक आपसमा शत्रुता रहिरहन्थ्यो । यो परिस्थितिले बालक जामेनहोफलाई निकै प्रभावित गर्‍यो । यसैको फलस्वरुप उनले अन्तर्राष्ट्रिय भाषाको प्रारुप ई. १८७८ भित्र तयार पारे तर ऊ विदेशमा पढ्न जाँदा उनका बुबाले यसलाई वाहियात भनेर जलाइदिए । जामेनहोफ मस्को र वार्सामा चिकित्साशास्त्र अध्ययन गर्न गए र ई. १८७९ देखि १८८५ भित्र डाक्टरको उपाधि हासिल गरे । आँखाको चिकित्सक भएपछि आफ्नो लक्ष्यमा उसले पुनः कलम बढाए र ६ वर्षको अविरल खोज कार्य र अथक परिश्रमको फलस्वरुप उसले कल्पना गरेजस्तो अन्तर्राष्ट्रिय भाषाको पूर्ण रुप तयार भयो । उनले आफ्नो पुस्तक छपाउनका लागि कैयन् ठाउँमा प्रयास गरे तर कसैले छापिदिन मानेन । यसैताका उनले क्लारा जिल्वेर्निकसँग विवाह गरे । तिनैका बुबाको आर्थिक सहयोग पाएर उनी पहिलो पुस्तक प्रकाशित गर्न सफल भए । त्यसपछि विभिन्न देशबाट निस्किने गरेका एस्पेरान्तो पत्रिकाहरूले यस भाषालाई सुदृढ पार्नमा मद्दत पुर्‍यायो । यहाँ उनले आफ्ना हितैषी एन्थोनी ग्रोबोस्कीका सल्लाह र नर्वेका जोन्सनको चिन्हको पनि प्रयोग गरेका थिए । पाँचकुने हरियो तारालाई यस भाषाको प्रतीक चिन्हको रूपमा लिइन्छ । यसको हरियो रङ्ग आशाको प्रतीक हो र ताराको पाँचकुनाले पाँच महाद्वीपको प्रतिनिधित्व गर्दछ र यो आशा लिइन्छ कि यस नयाँ भाषाले सबैलाई एकीकरण गर्ने छ ।

डा. जामेनहोफले पत्राचारको माध्यमबाट संसारको कुनाकुनामा यस भाषाको प्रचार गर्दै गए र यस आदर्शलाई अनुशरण गरेर थुप्रै देशका मानिसहरूले यस भाषा सिक्न र सिकाउनमा अभिरुचि देखाए । यसैको परिणाम स्वरूप आफ्नो ठूलो परिवार र कमजोर आर्थिक अवस्थाका बाबजुद पनि यिनी ई. १९०५ मा पहिलो एस्पेरान्तो महाधिवेशन (कंग्रेस) फ्रान्सको बुल्योन-सुर्-मेर शहरमा गराउन सफल भए । यसमा ३३ देशका करीब ७०० एस्पेरान्तोविद्हरू भाग लिन आएका थिए र तिनीहरूले भाषिक समस्या विना यसै भाषाको भरमा महाधिवेशन सम्पन्न गरे । यसपछि ई. १९०८ मा विश्व एस्पेरान्तो संघको स्थापना भएपछि यसको प्रचार विश्वव्यापी रूपमा नै भयो । उता आफ्नो सानो डाक्टरी पेसाले परिवारलाई आर्थिक सन्तुष्टि दिन भने जामेनहोफ सकेनन् र थुप्रै उतारचढावहरू पार गर्दै अन्ठाउन्न वर्षको उमेर (. १९०७) मा यिनले जीवन त्यागे ।

आजभोलि यस भाषालाई सं.रा. संघ तथा युनेस्कोले स्थान दिएको छ । त्यस्तै विश्वका सयभन्दा बढी देशमा यस भाषा बोल्नेहरू छन् र तिनीहरू आ-आफ्नो देशको एस्पेरान्तो संघ मार्फत विश्व एस्पेरान्तो संघसँग सम्बद्ध छन् । यो भाषा पर्यटनको क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ । आफ्नो देश विश्व सामु चिनाउन यस भाषाको प्रयोग गर्न मन पराउँछन् । विश्वका पन्ध्र भन्दा बढी रेडियो स्टेसनहरूबाट यसको प्रसारण हुन्छ । जस्तै रेडियो बेइजिङले हरेक साँझ यसै भाषाबाट कार्यक्रम दिन्छ । यस भाषाको साहित्यिक भण्डार पनि ठूलो छ संसारका लगभग सबै प्रशिद्ध साहित्यिक, धार्मिक र अन्य महत्वपूर्ण ग्रन्थहरू यस भाषामा अनुवाद भैसकेका छन् – अनूदित र मौलिक साहित्य बाहेक दुई सयभन्दा बढी पत्रपत्रिका विभिन्न देशबाट निस्कन्छन् । विभिन्न देशबाट एस्पेरान्तो सम्बन्धी हुलाक टिकट र खाम प्रकाशनमा ल्याइन्छ । विश्वका एक सय पच्चिसभन्दा बढी विश्वविद्यालयहरूमा यस भाषाबाट अध्ययन गर्ने सुविधा छ । यस बाहेक आजभोलि इन्टरनेटमा पनि यो भाषा व्यापक रूपमा प्रयोग भएको छ । हरेक देशका एस्पेरान्तो संघको वेभपेज बाहेक भाषा सिक्न सहयोग गर्ने लगायतका सैयौँ विभिन्न साइट र ब्लगहरू यस भाषामा बनेका छन् ।

विश्व इतिहासको विभिन्न समयमा विभिन्न राजनीतिक आक्षेप र आक्रमण भोगेर आएको यो भाषा आजभोलि संसारको सयभन्दा बढी देशमा बोलिन्छ तर यो यति जनाले बोल्छ भनेर भन्न भने कठिन छ । तैपनि धेरैले १० लाख देखि एक करोड मानिसले यो भाषा प्रयोग गर्छन् भनेर भनिन्छ ।

आज यो विश्वको सामु विभिन्न देशवासीहरू बीच व्यक्तिगत सम्पर्क कायम गर्ने अद्वितीय माध्यम भएको छ । विभिन्न देशमा पत्रमित्रता गर्ने सजिलो माध्यम हुनुका साथै कुनै पनि देशमा बस्ने किन नहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्नासाथ राजनैतिक सीमाना नाघी आत्मीय मित्र बन्छन् । अझ हजार जना भन्दा बढीले पासपोर्ता सेर्भो (Pasporta Servo) नामक संस्था मार्फत एस्पेरान्तो बोल्ने विदेशीहरूलाई आफ्नो घरमा खाने बस्ने व्यवस्था गर्न तयार छन् ।

यति धेरै भाषाहरू बिच एस्पेरान्तो किन अन्तर्राष्ट्रिय भाषा भयो भन्ने प्रश्न आउनु स्वाभाविक हो । यसलाई अन्तर्राष्ट्रिय भाषा भन्नुको कारण यो कुनै देशको भाषा होइन, यो सिक्न एकदम सजिलो छ, यो तर्कपूर्ण छ, यसले कुनै एक संस्कृतिलाई अंगालेको छैन र यसले तटस्थ अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रोत्साहन दिन्छ । यति भैकन पनि यसले संसारको कुनै भाषा लाई विस्थापित गर्ने वा त्यसको ठाउँ लिने जस्तो उद्देश्य बोकेको छैन । विश्व भरि आफ्नै किसिमले अघि बढिरहेको यो एस्पेरान्तो आन्दोलनले निम्न बुँदालाई आफ्नो लक्ष बनाएको छ ( लोकतन्त्र, विश्वव्यापी शिक्षा, प्रभावशाली शिक्षा, बहुभाषावाद, भाषिक अधिकार, भाषिक विविधता र मानव मुक्ति । यसैको लागि विश्वभरका एस्पेरान्तो बोल्नेहरू व्यक्तिगत र संस्थागत रुपमा लागिपरेका छन् ।

विश्वयुद्धका केही वर्ष बिराएर वर्षेनी यसका वार्षिक महाधिवेशनहरू भइरहेका छन् । जस्तै दशौँ महाधिवेशन ई. १९१५ मा पेरिसमा भएको थियो । त्यस्तै ब्रिटेन, जर्मनी, पोल्याण्ड, जापान, सं.रा. अमेरिका, चीन इत्यादि देशमा हुँदै महाधिवेशन ई. २००८ जुलाईमा भयो (जसमा नेपालबाट पनि एक जना सहभागी भएको थियो)

यसै अनुरूप नेपालमा एस्पेरान्तो भाषाको प्रचलन ई. १९५६ मा श्री टिबोर सिकेलले गरेका थिए र यसैताका काठमाडौँ एस्पेरान्तो समाजको गठन भयो । त्यसपछि श्री सिमो मिलोयेभिच आएर ई. १९६९ सम्म यो भाषा सिकाएर गए । त्यसबेला सिकेका करीब ३०० जना विद्यार्थीमध्ये महाकवि देवकोटा र नाटककार समको पनि नाम आउँछ । पछि यो राजनैतिक अस्थिरता इत्यादि कारणले यो शिलशिला शिथिल हुनगयो । फेरि ई. १९९० मा पोल्याण्डका योआकिम वेर्डिन आएर करीब ६० जनालाई सिकाए भने ई. १९९१ म अर्को ७० जना जतिले यो भाषा सिक्ने मौका पाए । यसैबेला नेपाल एस्पेरान्तो संघको गठन भयो । त्यसपछि यसले बेलाबेलामा एस्पेरान्तो सिकाउने काम लगायत अन्य गतिविधि पनि सो संघले गरिरहेको छ ।

केही उपयोगी वेभसाइटहरू

www.esperanto.org

www.esperanto.net

www.lernu.net

www.amikumu.net

www.uea.org

www.edukado.net

www.wikipedia.org/esperanto

www.esperanto.org.np

एस्पेरान्तो व्याकरण – Gramatiko de Esperanto

() अक्षर

Aa , Bb बो, Cc सो, Ĉĉ यो, Dd दो, Ee , Ff फो, Gg गो, Ĝĝ जो, Hh हो, Ĥĥ खो, Ii , Jj यो, Ĵĵ झो, Kk को, Ll लो, Mm मो, Nn नो, Oo , Pp पो, Rr रो, Ss सो, Ŝŝ शो, Tt तो, Uu , Ŭŭ वो, Vv भो, Zz ज्जो ।

उच्चारण : यसमा स्वरहरू a, e, i, o, u हुन् । जस्तो कि : bar (बार), ber (बेर) bir (बीर), bor (बोर), bur (बूर)

() नियम

. यसमा अनिश्चितता बुझाउने उपपद (अंग्रेजीमा indefinitive article) हुँदैन, यसमा एउटा मात्र निश्चितता बुझाउने उपपद (la) हुन्छ , जुन सबै लिङ्ग, कारक र वचनमा एकै किसिमले लाग्छ ।

. संज्ञावाचकहरू ओकारान्त (O) हुन्छन् । यसमा बहुबचन बनाउन J () जोडिन्छ । यसमा जम्मा दुइटा मात्र कारक हुन्छन् : कर्ता कारक र कर्म कारक । यसमा दोस्रो बनाउन पहिलोमा n () थपिन्छ । अन्य कारकहरू नामयोगी राखेर अभिव्यक्त गरिन्छन् (जस्तै सम्वन्धकारक de, सम्प्रदानकारक al, अपादन कारक per आदि)

. विशेषणहरू आकारान्त (a) हुन्छन् । कारक र बचन संज्ञावाचकमा जस्तै हुन्छन् । pli भन्ने शब्द प्रयोग गरेर तुलनात्मक विशेषण बनाइन्छन् र plej राखेर उत्कृष्ट जनाउने विशेषण बनाइन्छ । तुलनात्मक विशेषण बनाउँदा ol संयोजक राखिन्छ ।

. सामान्य संख्या यस प्रकार छन् : unu (उनु) du (दु) tri (त्रि), kvar (क्भार) kvin (क्भीन), ses (सेस), sep (सेप) ok (ओक), naŭ (नाउ), dek (देक), cent (त्सेन्त), mil (मिल) । दश, सय, हजारभन्दा बढीको संख्या क्रमशः संख्याहरू सँगै राखेर बनाइन्छ (जस्तै, १२ dek du, २० dudek, ९९ naŭdek naŭ, १९९९ mil naŭcent naŭdek naŭ). क्रमसूचक संख्या बनाउन पछाडि a थप्ने (जस्तै unu+a= unua, प्रथम), गुणा बुझाउन obla थप्ने (जस्तै du + obla= duobla, दोब्बर), भिन्नात्मक बुझाउन on थप्ने (जस्तै kvar+ono=kvarono, चौथाई), सामूहिक बुझाउन op थप्ने ( जस्तै du+opo =duopo, जोडा), विभाजन बुझाउन po नामयोगी प्रयोग गर्ने (जस्तै po unu glaso , हरेकले एक गिलास) । संज्ञावाचक र क्रियाविशेषणवाचक संख्याहरू पनि प्रयोग गर्न सकिन्छ ।

. व्यक्तिबाचक सर्वनाम : mi (), vi (तिमी), li (), ŝi (उनी), ĝi (यो, वस्तु वा जनावरलाई), si (ऊ आफैँ), ni (हामी), ili (तिनीहरू), oni (अमुक) । सम्बन्धवाचक a राखेर बनाइन्छ । प्रत्यक्ष रुप विधान वा प्रत्यय जोड्ने तरिका संज्ञावाचकमा जस्तो हुन्छ ।

. क्रिया व्यक्ति वा बचन अनुसार परिवर्तन हुँदैन । क्रियाको रुप : वर्तमानले -as अन्त लिन्छ, भूतले -is, भविष्यले -os, प्रतिबन्धात्मकले -us, आज्ञार्थकले -u, सामान्य रुपले -i । कृदन्तहरू (विशेषण जनाउने वा क्रियाविशेषण जनाउने) : कतृवाच्य वर्तमान -ant, कतृवाच्य भूत -int, कतृवाच्य भविष्य -ont । कर्मवाच्य वर्तमान -at, कर्मवाच्य भूत -it, कर्मवाच्य भविष्य -ot । कर्मवाच्य बनाउन esti क्रियाको सम्बन्धित काल बनाइन्छ र आवश्यक क्रियामा कर्मवाच्य कृदन्‍त थपिन्छ । कर्मवाच्यमा आउने नामयोगी de हो । जस्तै – La domo estas konstruata de mi, त्यो घर मबाट बनाइँदै छ ।

. क्रियाविशेषणहरू एकारान्त (e) हुन्छन् । तुलनाका लागि विशेषणमा जस्तै गरिन्छ ।

. सबै नामयोगीहरूले कर्ता कारकलाई शासन गर्दछ ।

. हरेक शब्द जसरी लेखिन्छ, त्यसरी उच्चारण गरिन्छ ।

१०. स्वराघात जहिले पनि अन्तिम भन्दा अगाडिको अक्षरमा लाग्छ ।

११. समास दुइटा शब्दहरूलाई सँगै राखेर बनाइन्छ (मुख्य शब्द अन्तिममा हुन्छ) । व्याकरणीय शब्दावलीहरू पनि स्वतन्त्र शब्दहरू सरह हुन्छन् ।

१२. अर्को अकरण शब्द उपस्थित भएमा ne हटाइन्छ ।

१३. दिशा, तर्फ देखाउन शब्दले कर्मकारक रुप लिन्छ ।

१४. हरेक नामयोगीको पूर्ण र स्थायी अर्थ हुन्छ तर यदि उक्त नामयोगीले जुन अर्थ दिनु पर्ने हो त्यो दिएन भने हामी je नामयोगी प्रयोग गर्छौ । je को सट्टामा हामी नामयोगी नराखी कर्मकारक पनि प्रयोग गर्न सक्छौँ ।

१५.आगन्तुक भनिने शब्दहरू, अथवा ती शब्दहरू जुन एक स्रोतबाट धेरै भाषाहरूले लिएका छन्, तिनीहरू एस्पोरान्तोमा वर्णविन्यासमा बाहेक परिवर्तन हुँदैनन् तर एकै मूलबाट आएका विभिन्न शब्दहरूको सवालमा भने मूल शब्द मात्र जस्ताको तस्तै प्रयोग गरी अरू एस्पेरान्तो भाषाको नियमानुसार प्रयोग गर्नु पर्छ ।

१६. संज्ञावाचकको र उपपदको अन्तिम स्वर कहिलेकाहीँ हटाएर (') चिह्नमात्र पनि राख्‍न सकिन्छ ।

() पूर्वसर्ग र परसर्ग

bo- ~ विवाहबाट बन्ने सम्बन्ध : bopatro, ससुरा

dis- ~ वितरण, छरिने अर्थमा : disdoni, वितरण गर्नु

ek- ~ शुरु, छोटो क्रिया : ekiri एकै छिन कराउनु

eks- ~ भूतपूर्व : eksprezidanto पूर्व अध्यक्ष

fi- ~ नराम्रो लाग्ने : fifama, कुख्यात

ge- ~ स्त्री पुरुष सँगै : gepatroj, आमाबुबा

mal- ~ अकरण : malfacila, कठिन

mis- ~ गलत : misuzi, दुरुपयोग गर्नु

re- ~ पुन : resendi, फर्काउनु


-aĉ ~ होच्याउने : herbaĉo, झार

-ad ~ कार्यको निरन्तरता : ridado, हाँसीरहने काम

-aĵ ~ ठोस विचार वा बस्तु : manĝaĵo : खानेकुरा

-an ~ बासी, सदस्य, अङ्ग : nepalano, नेपाली

-ar ~ सङ्कलन : arbaro जङ्गल

-ebla ~ सम्भाव्यता : manĝebla खाद्य

-ec ~ अमूर्त गुण : beleco सुन्दरता

-eg ~ विशालता : dentego दाह्रा

-ej ~ विशेष कार्यमा प्रयोग हुने ठाउँ : lernejo विद्यालय

-em ~ इच्छा भएको : manĝema खन्चुवा

-er ~ सङ्ग्रहको एक अंश : monero सिक्का

-estr ~ प्रमुख : urbestro नगरप्रमुख

-et ~ सानो बुझाउने : rideti मुस्काउनु

-id ~ सन्तान : kokido चल्ला

-ig ~ कसैलाई गराउनु : trinkigi पिलाउनु

-iĝ ~ हुनु : riĉiĝi धनी हुनु

-il - साधन : flugilo पखेटा

-in - स्त्रीवाचक : virino महिला

-ind ~ लायकको : mirinda आश्चर्यजनक

-ing ~ कसेर समात्ने गरी राख्‍ने भाँडो : cigaringo सिगार राख्‍ने पाइप

-ism ~ वाद : komunismo साम्यवाद

-ist ~ पेशा वा शोख भएको : kantisto गायक

-ebl ~ गुणा : dekobla दश गुणा

-on ~ भिन्नात्मक : duona आधा

-op ~ सामूहिक संख्या : dekopa दशवटा सँगै

-uj ~ भाँडो : laktujo दूध राख्‍ने भाँडो

-ul ~ गुण अनुसारको मानिस : dikulo मोटो मानिस

-um ~ सामान्य अर्थ दिने परसर्ग : literumo, हिज्जे

साथै -ĉjo -njo पनि परसर्ग हुन् जसलाई कसैको नाम प्यारो गरी बोलाउँदा प्रयोग गरिन्छ ।


सङ्केत‌-सूची – Mallongigoj de vortklasoj

ना नाम nominativo (o-vorto)

वि विशेषण adjektivo (a-vorto)

क्रिवि क्रियाविशेषण adverbo (e-vorto)

अक्रि अकर्मक क्रिया netransitiva verbo

सक्रि सकर्मक क्रिया transitiva verbo

प्रे.क्रि प्रेरणार्थक क्रिया duobla transitiva verbo

प्रत्य प्रत्यय sufikso kaj post-pozicio

नायो नामयोगी post-pozicio

सर्व सर्वनाम pronomo

विबो विस्मयादिबोधक krivorto

विभ विभक्ति kazfinaĵo (de, por, al, k.s. estas postpozicioj - finaĵoj - en la nepala)

नि निपात nuanco-ŝanĝaj vortoj

सं संयोजक konjunkcio

अव्य अव्यय aliaj vortoj (ne fleksieblaj)


शब्दकोश – La vortaro

अँ (नि) jes r v

अँगार (ना) karbo r v

अँगालो s (ना) ĉirkaŭpremo r, brakumo r v

अँगाल्नु s (सक्रि) sekvi r, akcepti r (-ismon r); brakumi r v

अँगुठो (ना) dikfingro r v

अँचेट्नु (सक्रि) puŝi r, premegi

अँजुली s / अञ्जलि (ना) dumanpleno

अँध्यारो s (वि) malluma r

अँहँ (नि) ne

अंश (ना) parto r v, membro r

अंशबन्डा (ना) divido r v de posedaĵoj r al hereduloj

अकड (ना) kontraŭstaro r, obstino r v

अकमकाउनु (अक्रि) heziti r, embarasiĝi

अकरण s (ना) negacio r

अकस्मात् (क्रिवि) subite r

अकाल (ना) sekego v, senpluveco; malĝusta tempo r v

अक्कल (ना) lerteco r

अक्टोपस (ना) polpo r v

अक्टोबर s (ना) oktobro r v

अक्ष (ना) akso r v

अक्षम s (वि) malkapabla, nekompetenta r

अक्षर s (ना) litero r v, alfabeto r v

अक्षर s (वि) nedetruebla

अक्षरेपि (क्रिवि) laŭlitere

अक्षशाला (ना) vetludejo v

अक्षांश (ना) latitudo r v

अक्सर s (क्रिवि) ĝenerale r, ofte r

अक्सिजन s (ना) oksigeno r v

अखडा s (ना) kunvenejo

अखण्ड s (वि) nedividebla

अखबार s (ना) revuo r v, ĵurnalo r v

अखाद्य (वि) nemanĝenda

अखिल (वि) tuta r

अख्तियार s (ना) rajto r v, aŭtoritato r

अगडमबगडम (ना) bagatelo r

अगरबत्ती (ना) incensaĵo r

अगस्त (ना) aŭgusto r v

अगस्ति (वि) manĝema, nesatigebla

अगाघ (वि) senlima r

अगाडि s (क्रिवि) antaŭe r

अगावै s (क्रिवि) jam antaŭe r

अगि / अघि (नायो) antaŭ r

अगिसरा / अघिसरा (वि) aktiva r, vigla r

अगुल्टो (ना) brulaĵo r v

अगुवा s (ना) antaŭulo r; (agrikultura r) gvidisto r, gvidanto v

अगेनो (ना) forno r v, kameno r v

अग्रज s (ना) pliaĝulo r v, pioniro r v

अग्रिम s (वि) antaŭa r

अग्लो s (वि) alta r

अघाउनु (अक्रि) satiĝi

अङ्क s (ना) cifero r v; poento r v

अङ्कगणित (ना) aritmetiko r v

अङ्कमाल (ना) ĉirkaŭpreno r, brakumo r v

अङ्कुर (ना) ŝoso r v, ekkreskaĵo (de planto r v)

अङ्कुश (ना) hoko r, ankro r v

अङ्ग v s (ना) parto r v, membro r

अङ्गभङ्ग (ना) vundo r v, rompita korpomembro

अङ्गरक्षक (ना) korpogardisto r

अङ्गुर s / अंगुर (ना) vinbero r v

अङ्ग्रेज (ना) anglo r v

अङ्ग्रेजी v (वि) angla r v

अचकचाउनु (अक्रि) heziti r

अचकल्टो (वि) duone r kuirita

अचम्म s (ना) miro r

अचल (वि) nemovebla, firma r, inerta r

अचाक्ली s (क्रिवि) tro r v

अचानक s (क्रिवि) subite r

अचानु / अचानो (ना) haktabulo r

अचार s (ना) peklaĵo r v

अचेत s (वि) nekonscia, svena r

अचेल s (क्रिवि) nuntempe r

अच्छ्युँ (ना) krabro r (insekto r v)

अछुत (वि) netuŝenda

अजङ्ग (वि) grandega

अजिङ्गर (ना) pitono r v

अजिब / अजीब (वि) stranga r, mirinda r

अज्ञात s (वि) nekonata r

अज्ञान s (ना) nescio v

अझ (क्रिवि) plu, pli

अझै (क्रिवि) ankoraŭ r

अञ्चल v s (ना) provinco r v

अञ्जीर (ना) figo r v

अटल (ना) kuvo r v

अटल (वि) firma r, rigida r

अटाउनु (अक्रि) taŭgi r

अटाली (ना) balkono r

अटुट s (वि) daŭra r, ne rompita

अटेर (वि) obstina r

अटोग्राफ (ना) aŭtografo r

अटोमेटिक (वि) aŭtomata r

अटोमोबाइल (ना) aŭtomobilo r v

अट्टहास s (ना) ridego r

अट्नु (अक्रि) enhavebli, esti r taŭga r

अठार s (ना) dek ok (18)

अठासी (ना) okdek v ok (88)

अठिङगर (ना) striko r v

अठोट s (ना) decido r v, determino r

अठ्ठचालिस (ना) kvardek v ok (48)

अठ्ठतीस (ना) tridek v ok (38)

अठ्ठसठ्ठी (ना) sesdek v ok (68)

अठ्ठहत्तर (ना) sepdek v ok (78)

अठ्ठाइस s (ना) dudek v ok (28)

अडबाङ्गे (वि) absurda r

अडबेखडबे (वि) neebena

अडाउनु (सक्रि) ŝtopi r, rigli r, bolti r, senmovigi r, apogi r

अडान s (ना) firmeco r, obstino r v

अडिग s (वि) stabila r, firma r

अडिनु (अक्रि) halti r, ne moviĝi r

अडेस s (ना) apogo r

अड्कनु (अक्रि) halti r, implikiĝi, fiksiĝi r

अड्कल (ना) konjekto r, diveno r, takso r

अड्काउनु (सक्रि) fiksi r, haltigi r

अड्को (ना) obstaklo r v

अड्चन s (ना) obstaklo r v

अड्डा s (ना) oficejo r

अड्नु (अक्रि) resti r, halti r

अढाइ s (ना) du kaj duono r v (2½)

अणु (ना) atomo r v

अणुबम (ना) atombombo v

अण्डकोष (ना) testiko r v

अण्डा s / अन्डा (ना) ovo r v

अण्डाकार (ना) ovalo r

अतः (क्रिवि) do, tial r

अतासिनु s (अक्रि) timegiĝi, ektimegiĝi

अति (क्रिवि) tro r v

अतिक्रमण s (ना) sin trudo r

अतिथि s (ना) gasto r

अतिथि s गृह (ना) gastejo r v

अतिथि s सत्कार s (ना) gastigado

अतिरञ्जन (ना) troigo r

अतिरञ्जित (वि) troigita

अतिरथी (ना) marŝalo r v

अतिरिक्त s (वि) ekstra r, kroma r

अतिरिक्ताअङ्क (ना) suplementa r numero r v (de ĵurnalo r v)

अतिवाद (ना) troismo, radikalismo r

अतिवृष्टि (ना) tro da pluvo r v

अतिशयोक्ति (ना) troigo r

अतिसार (ना) disenterio r v, lakso r v

अतीत s (ना) estinteco r

अतुलनीय s (वि) senkompara r, preterkompara

अत्तर s (ना) parfumo r v

अत्तालिनु (अक्रि) nervozi r, ploregi

अत्यधिक s (वि) tro multa r

अत्यन्त s (क्रिवि) tre r v

अत्याचार (ना) tiranismo, premateco r

अत्यावश्यक (वि) tre necesa r

अत्यास s (ना) timego

अत्युक्ति s (ना) troigo r

अत्युत्तम (वि) tre bona r, bonega

अथक (वि) nelaca, persista r

अथवा s (सं) aŭ

अथाह s (वि) tre profunda r

अदक्ष (वि) mallerta r

अदब (ना) respekto r

अदम्य s (वि) nevenkebla

अदालत v s (ना) juĝejo r v, tribunalo r v

अदुवा s (ना) zingibro r v

अदूरदर्शी (वि) miopa r

अदृश्य s (वि) nevidebla

अद्भुत s (वि) mirinda r

अद्यापि s (क्रिवि) ĝis hodiaŭ r

अद्यावधि (क्रिवि) ĝis nun

अद्वितीय s (वि) unika r, senkompara r

अधकट्टी (ना) kvitanco r

अधकल्चो (वि) duone r kuirita

अधबैंसे (वि) plenkreska r

अधिक s (वि) multaj r

अधिकतम s (वि) plejmulta

अधिकवर्ष (ना) superjaro r v

अधिकार (ना) rajto r v

अधिकारी s (ना) rajto r v-posedanto

अधिकृत s (ना) oficisto r

अधित्यका (ना) altplataĵo

अधिनायक (ना) lordo r, diktatoro r v

अधिपति (ना) mastro r

अधियाँ (ना) rikoltodivido

अधिराज (ना) suvereno r v, imperiestro r v

अधिराज्य s (ना) reĝlando r

अधिवक्ता v s (ना) advokato r v

अधिवेशन s (ना) kongreso r v

अधीन s (वि) suba r, dependa r

अधीर s (वि) maltrankvila r, malpacienca r

अधुरो s (वि) nekompleta r

अध्यक्ष s (ना) prezidanto r v

अध्ययन s (ना) studo r, studado v

अध्ययन s संस्थान (ना) fakultato r v, instituto r

अध्यागमन s (ना) migrado

अध्यात्म (ना) spirito r v

अध्यादेश s (ना) ordono r

अध्यापक s (ना) instruisto r v

अध्यापन s (ना) instruado r v

अध्यापिका (ना) instruistino

अनकन (ना) hezito r

अनकनाउनु (अक्रि) heziti r, embarasiĝi

अनकन्टार (ना) soleca r loko r

अनगन्ती / अनगिन्ती s (वि) nekalkulebla

अनजान (वि) fremda r, nescia, mallerta r

अनन्त s (वि) eterna r, senlima r

अनपढ (वि) needukita

अनभिज्ञ s (वि) nescia

अनमेल (ना) sen taŭgo r, malkonkordo

अनमोल s (वि) netaksebla, tre valora r

अनर्थ s (ना) malordo r, katastrofo r v

अनवरत s (वि) daŭra r

अनविश्‍वास (ना) malfido r

अनशन s (ना) fasto r v, protesto r per fasto r v

अनाज s (ना) greno r v

अनाडी (वि) naiva r, sensperta

अनाथ s (ना) orfo r v

अनाथ s (वि) senhelpa r

अनादर (ना) malrespekto r, neglekto r v

अनानास (ना) ananaso r v

अनायास s (क्रिवि) subite r, hazarde r

अनार (ना) granato r v

अनावरण (ना) inaŭguro r

अनावश्यक s (वि) nenecesa

अनाहक s (क्रिवि) senkaŭze

अनि (सं) kaj r v

अनिकाल s (ना) malsatego v, sekego v

अनिच्छा (ना) sendezireco, sendeziro

अनित्य (वि) nedaŭra

अनिद्रा (ना) sendormeco r

अनियमित s (वि) neregula

अनिवार्य s (वि) devigita

अनिश्‍चित s (वि) necerta

अनीश्‍वरवाद (ना) ateismo r v

अनुकम्पा (ना) kompato r v

अनुकरण s (ना) imito r

अनुकरणीय s (वि) imitinda

अनुकूल s (वि) taŭga r, konvena r

अनुक्रम (ना) ordo r v

अनुक्रमणिका (ना) indekso r v

अनुचित s (वि) maldeca r

अनुच्छेद s (ना) ĉapitro r v

अनुत्तर (वि) senresponda

अनुत्तीर्ण (वि) ekzamene r malsukcesa r

अनुत्पादक s (वि) nefekunda

अनुदान s (ना) monhelpo

अनुनासिक (वि) naza r (sono r v)

अनुपम s (वि) senkompara r, unika r

अनुपस्थित s (वि) foresta r, neĉeesta

अनुपात s (ना) proporcio r v

अनुभव s (ना) sperto r v

अनुमति s (ना) permeso r

अनुमतिपत्र (ना) permesilo r v, licenco r v

अनुमान s (ना) konjekto r, supozo r, diveno r

अनुमोदन s (ना) aprobo r

अनुयायी s (ना) sekvanto

अनुराग s (ना) pasio r v

अनुरूप s (वि) identa r, konforma r, simila r

अनुरोध s (ना) peto r

अनुवाद s (ना) traduko r v

अनुशासन s (ना) disciplino r

अनुसन्धान s (ना) esploro r

अनुसरण s (ना) sekvado

अनुसर्ग (ना) sufikso r v

अनुसार s (नायो) laŭ r

अनुसूची s (ना) indekso r v

अनुस्वार (ना) naza r sono r v

अनुहार s (ना) vizaĝo r v

अनेक s (वि) diversaj r, multaj r

अनैतिक s (वि) senmorala

अनौठो s (वि) stranga r,fremda r

अनौपचारिक s (वि) neformala,neoficiala

अन्ठाउन्न (ना) kvindek v ok (48)

अन्ठानब्बे (ना) naŭdek v ok (98)

अन्डा (ना) ovo r v

अन्त s (ना) fino r v

अन्तःशुल्क s (ना) enlanda imposto r v

अन्ततः s (क्रिवि) fine r, finfine r

अन्तमुखी (वि) introvertita

अन्तर s (अव्य) inter r v

अन्तर s (ना) malsimileco r, diferenco r

अन्तरङ्ग (वि) intima r

अन्तराप (ना) ĉarniro r v

अन्तराल s (ना) intervalo r v

अन्तराष्ट्रिय (वि) internacia r

अन्तरिक्ष s (ना) kosmo r v, spaco r v

अन्तरिक्षयान (ना) kosmoŝipo r v

अन्तरिम s (वि) intertempa, portempa, provizora r

अन्तरीप (ना) kabo r v terkapo r

अन्तर्गत s (वि) suba r, inkluziva r

अन्तर्निहित (वि) enhava r

अन्तर्यामी (वि) travidebla r; konanta; dio

अन्तर्विरोध (ना) interna r kontraŭstaro r

अन्तवार्ता (ना) intervjuo r v

अन्तिम s (वि) lasta r

अन्त्य s (ना) fino r v

अन्त्यानुप्रास (ना) rimo r v

अन्त्येष्टि (ना) kremacio r v, funebro r v

अन्दाज s (ना) konjekto r

अन्धकार s (ना) mallumo r v

अन्धविश्‍वास (ना) superstiĉo r v

अन्धाधुन्ध (क्रिवि) tro r v

अन्धो s (वि) blinda r

अन्न s (ना) greno r v

अन्नदाता (ना) manĝo r v-donanto, patrono r v

अन्य s (वि) alia r v

अन्यथा s (क्रिवि) se ne, alie r, male v

अन्याय s (ना) tiraneco r, maljusteco r

अन्योल s (ना) dilemo r, malfeliĉo r

अन्वेषण s (ना) esploro r

अपच (ना) dispepsio r

अपढ (वि) needukita

अपभ्रंश s (ना) simpliĝo de vorto r v, malpliboniĝo

अपमान s (ना) insulto r v, ofendo r

अपराध s (ना) krimo r v

अपराधी s (ना) krimulo r

अपरान्ह (ना) posttagmezo r

अपरिचित s (वि) nekonata r, fremda r

अपरिवर्तनीय s (वि) neŝanĝenda

अपरिहार्य s (वि) esenca r, nemalhavebla

अपर्झट (क्रिवि) subite r

अपर्याप्त s (वि) nesufiĉa

अपवाद s (ना) escepto r

अपशकुन (वि) malbonaŭgura r

अपशब्द (ना) fivorto, tabua r vorto r v

अपशोच / अफसोस s (ना) bedaŭro r

अपहरण s (ना) forkapto r, forrabo

अपाङ्ग s / अपाहिज (वि) handikapita, kripla r

अपार (वि) senlima r

अपितु s (ना) tamen r

अपील (ना) peto r

अपुताली (ना) heredaĵo r ricevita de seninfanulo

अपूरो (वि) nefinita r

अपूर्व s (वि) unika r

अप्ठेरो (वि) malfacila r

अप्रत्यक्ष s (वि) nerekta r, nevidebla

अप्रत्याशित s (वि) neatendita

अप्रिल s (ना) aprilo r v

अप्सरा s (ना) feino r v

अफबाह (ना) onidiro r v, skandalo r v

अफिम (ना) opio r v

अफिस s (ना) oficejo r

अफ्रिका v (ना) Afriko r v

अब (सं) nun, nu

अबगाल (ना) akuzo r

अबला s (वि) senhelpa r

अबिलम्ब (वि) tuj r v

अबेर s / अबेला (क्रिवि) malfrue r

अब्बल s (वि) plej r bona r

अभद्र s (वि) malĝentila r

अभाव s (ना) manko r

अभिनन्दन s (ना) honoro r, gratulado

अभिनय s (ना) aktorado

अभिनेता s (ना) aktoro r v

अभिनेत्री s (ना) aktorino v

अभिभावक s (ना) kuratoro r v

अभिमान s (ना) aroganteco r, fanfarono r

अभियान s (ना) movado r v, kampanjo r v

अभियोग s (ना) jura r v akuzo r

अभिरुचि s (ना) intereso r

अभिलाषा s (ना) deziro r, revo r v

अभिलेख s (ना) epigrafo r v, dokumento r v

अभिवादन s (ना) saluto r

अभिव्यक्ति s (ना) sentoesprimo

अभिशाप s (ना) malbeno r v

अभ्यास s (ना) ekzerco r, praktiko r

अभ्यास s पुस्तिका s (ना) kajero r v

अभ्युदय (ना) evoluo r v

अभ्रख (ना) glimo r v

अमर (वि) senmorta r

अमलपित्त (ना) acideco r

अमिलो s (वि) acida r

अमिल्दो (वि) sentaŭga

अमुक (सर्व) iu

अमूर्त s (वि) abstrakta r, senforma

अमूल्य s (वि) netaksebla, kara r

अमेरिका v (ना) Ameriko r v

अम्खोरा (ना) poto r v

अम्बा s (ना) gujavo r (speco r v de frukto r v)

अम्मल (ना) manio r v

अम्लेट (ना) omleto r v

अयोग्य s (वि) netaŭga

अरब (ना) Arabo r

अररो (वि) frosta r

अराउनु (सक्रि) ordoni r

अराजक s (वि) anarkia r

अरिङ्गाल (ना) krabro r (granda r vespo r v)

अरू (वि) alia r v

अरे (विबो) ho

अर्को s (क्रिवि) pli; alia r v

अर्ती s (ना) konsilo r

अर्थ s (ना) signifo r v;financo r

अर्थशास्त्र v (ना) ekonomio r v

अर्थात् s (सं) alivorte r

अर्ध s (वि) duona r

अर्ना (ना) bisono (speco r v de bufalo v)

अर्पण s (ना) oferado r v

अर्पनु (सक्रि) oferi r

अर्बुद रोग (ना) kancero r v

अलकत्रा (ना) asfalto r v, gurdo r v

अलग / अलग्ग s (क्रिवि) aparte r

अलग्याउनु (सक्रि) disigi r, izoli r

अलङ्कार s (ना) ornamaĵo r

अलच्छिन (वि) malbonaŭgura r

अलपत्र s (क्रिवि) senbaze r, konfuze r

अलमल s (ना) konfuzo r

अलमलिनु (अक्रि) konfuziĝi

अलि / अलिक s (वि) iom, iomete

अलैंची (ना) kardamomo r v (spico r v)

अल्छी s / अल्सी (वि) mallaborema r

अल्जेरीया (ना) Alĝerio v

अल्झिनु (अक्रि) implikiĝi

अल्टिमेटम s (ना) ultimato r v

अल्प s (वि) malmulta r

अल्पविराम (ना) komo r v

अल्पसङ्ख्यक (वि) malplimulta r

अल्बानीया (ना) Albanio r v

अल्लारिनु (अक्रि) vagadi, pasumi

अल्लारे s (वि) sencela r, pasumanta

अल्लो (ना) kanabo r v; speco r v de urtiko r v

अल्वम (ना) albumo r v

अवकाश s (ना) emeritiĝo; libera r v tempo r v

अवगत s (वि) informata

अवतरण s (ना) surteriĝo (de ekz flugmaŝino r v)

अवतार s (ना) enkarniĝo r v

अवधारणा s (ना) koncepto r v

अवधि s (ना) periodo r v

अवनति (ना) malevoluo

अवमूल्यन s (ना) inflacio r v, prezoredukto

अवरुद्ध s (वि) malhelpata, obstrukcita

अवरोध (ना) obstrukco r

अवरोह s (ना) malsupreniro r

अवलोकन s (ना) observado r v

अवश्य s (क्रिवि) certe r

अवसर s (ना) okaze r, ŝanco r v

अवसान s (ना) fino r v

अवस्थल (ना) multgeneracia loĝloko, origino r

अवस्था s (ना) kondiĉo r, stato r v

अवस्थित s (वि) lokita

अवस्थिति (ना) loko r, situacio r, pozicio r v

अवहेलना s (ना) malrespekto r, neglekto r v

अवाक् (वि) silenta r

अवाञ्छनीय (वि) neakceptinda

अवाल (ना) forno r v, brikobakujo

अविरल s (वि) daŭra r

अविश्‍वास s (ना) malfido r

अविस्मरणीय s (वि) neforgesebla r

अवैतनिक (वि) nepagita

अवैध s (वि) kontraŭleĝa r

अशान्ति (ना) malpaco r, maltrankvilo r

अशिक्षित s (वि) needukita

अशिष्ट (वि) malafabla r

अशुभ (वि) malbonaŭgura r

अश्‍लील s (वि) obscena r, erotika r

असंलग्नता (ना) neŭtraleco r

असङ्ख्य s (वि) sennombra r

असजिलो (वि) malfacila r

असन्तुष्ट s (वि) nekontenta

असफल s (वि) malsukcesa r

असभ्य s (वि) necivilizita

असमर्थ s (वि) nekapabla r

असमान s (वि) malsimila r

असम्बन्धित (वि) nerilata

असम्भव s (वि) neebla r

असर (ना) efiko r

असर्फी s (ना) ora monero r v

असल (वि) bona r, bonkvalita

असहयोग s (ना) malhelpo r, manko r de helpo r

असाधारण / असामान्य s (वि) eksterordinara r

असाध्य s (वि) tre; neebla r

असामयिक (वि) neoportuna

असावधान (वि) malatenta

असिना s (ना) hajlo r v

असी (ना) ok dek (80)

असीम s / असीमित (वि) senlima r

असुर (ना) diablo r v

असुल s (ना) pago r de ŝuldo r v

असुविधा (ना) malfacileco r, manko r de komforto r

अस्ट्रेलिया v (ना) Aŭstralio r v

अस्तबल (ना) stablo r

अस्ति (क्रिवि) antaŭ r hieraŭ r

अस्तित्व s (ना) ekzisto r v

अस्त्र s (ना) armilo r v

अस्थायी (वि) kelktempa, provizora r

अस्थि (ना) osto r v

अस्थिपन्जर (ना) skeleto r v

अस्थिर (वि) maltrankvila r

अस्पताल s (ना) hospitalo r v, malsanulejo r v

अस्पष्ट s (वि) neklara

अस्वाभाविक (वि) kontraŭnatura

अस्वीकार s (ना) rifuzo r

अहँ (विबो) ne, ne volas

अहङ्कार (ना) aroganteco r

अहम् (ना) egoismo r v

अहिंसा s (ना) pacifismo r v, nemortado, senperforto v

अहिले (क्रिवि) nun r v

अहो / ओहो (विबो) ho!

आँउ (ना) disenterio r v

आँकडा s (ना) statistiko r v

आँकुरो (ना) ŝoso r v, ekkreskaĵo

आँक्नु (सक्रि) taksi r

आँखा (ना) okulo r v

आँखा फोडुवा / फोर (ना) manto r (insekto r v)

आँखीझ्याल (ना) lataĵa r fenestro r v

आँखीभौँ s (ना) brovo r

आँगन v (ना) korto r v; razeno r

आँच (ना) hejto r

आँट (ना) kuraĝo r v

आँटिलो / आँटी (वि) kuraĝa r

आँट्नु (सक्रि) kuraĝi r

आँत (ना) intesto r v

आँधी s (ना) ŝtormo r v

आँप (ना) mango r v

आँसु (ना) larmo r

आंशिक s (वि) parta r v

आः (विबो) ve!

आइतबार v s (ना) dimanĉo r v

आइन्दा s (ना) post r nun, de nun

आइ भरी कोस्ट (ना) Ebura r Bordo r v

आइमाई s (ना) virino r v

आइसक्रिम (ना) glaciaĵo r v

आउँदो (वि) venonta

आउनु s (अक्रि) veni r

आकर्षक s (वि) alloga, ĉarma r

आकर्षण s (ना) allogo

आकर्षित s (वि) allogita

आकलझुकल (क्रिवि) malofte r, de tempo r v al tempo r v

आकस्मिक s (वि) subita r

आकाङ्क्षा s (ना) deziro r, revo r v

आकार s (ना) formo r v

आकाश s (ना) ĉielo r v

आकृति s (ना) formo r v

आक्रमण s (ना) atako r

आक्रामक s (वि) atakema r

आक्रोश (ना) furiozo r

आक्षेप s (ना) akuzo r, malaprobo

आखिर (क्रिवि) fine r

आखेट (ना) ĉasado v

आख्यान s (ना) rakonto r v

आगन्तुक s (ना) vizitanto; gasto r

आगमन (ना) alveno r

आगलागी (ना) fajrado

आगामी s (वि) venonta

आगे (क्रिवि) antaŭe r

आगो (ना) fajro r v

आग्रह s (ना) peto r

आग्लो (ना) riglilo r, pordobolto

आघात s (ना) frapo r, ŝoko r

आघुँ (नायो) venontjare

आङ (ना) korpo r v, dorso r v

आचरण s (ना) konduto r v

आचार s (ना) moralo r v

आचार्य (ना) pastro r v, religia r instruisto r v

आचे / आच्चे (विबो) ho!

आज (अव्य) hodiaŭ r

आजकल (क्रिवि) nuntempe r

आजन्म (क्रिवि) dumvive

आजादी (ना) libereco r v, sendependeco r v

आज्ञा (ना) permeso r, ordono r

आज्ञाकारी (वि) obeema

आठ (ना) ok

आड (ना) subteno r

आडँ (ना) testiko r v

आडम्बर s (ना) hipokriteco r, pompo r

आणविक s (वि) atoma r

आण्डोरा (ना) Andoro r v

आतङ्क s (ना) teruro r

आतङ्कवाद (ना) terorismo r v

आतङ्कवादी s (ना) teroristo r v

आततायी (वि) kruela r

आतसबाजी (ना) fajraĵo r

आतिथ्य (ना) gastiĝo

आतुर s (वि) ekscitita

आत्तिनु / आतिनु (अक्रि) ektimi r

आत्था (विबो) aj !

आत्मकथा (ना) aŭtobiografio r v

आत्मनिर्भर (वि) sendependa r v

आत्मबल (ना) memfido r

आत्मरक्षा (ना) sindefendo

आत्मविश्‍वास (ना) memfido r

आत्मवृत्तान्त (ना) aŭtobiografio r v

आत्मशुद्धि (ना) sinpurigo

आत्मसमर्पण (ना) cedado, sindono r

आत्महत्या (ना) sinmortigo r v

आत्मा s (ना) animo r v

आदत (ना) kutimo r v

आदर (ना) respekto r

आदरणीय s (वि) estimata; honorinda r

आदर्श s (ना) idealo r v

आदानप्रदान (ना) interŝanĝo r

आदि (ना) komenco r v, origino r

आदिपुरुष (ना) Adamo r v

आदिवासी (ना) indiĝeno r v

आदी (वि) kutima r

आदेश s (ना) ordono r

आद्यक्षर (ना) mallongigo r v

आद्योपान्त (क्रिवि) de komenco r v ĝis fino r v, tute r

आधा (वि) duona r

आधार s (ना) bazo r v, fundamento r v

आधिकारिक s (वि) oficiala r

आधिपत्य s (ना) superregado

आधुनिक s (वि) moderna r

आध्यात्मिक s (वि) spirita r

आनन्द s (ना) plezuro r

आनाकानी s (ना) hezito r

आनीबानी (ना) konduto r v, karaktero r

आनुपातिक (वि) supoza r

आनुवंशिक (वि) hereda r

आन्तरिक s (वि) interna r

आन्दोलन s (ना) movado r v

आन्द्रो s (ना) intesto r v

आपत् (ना) mizero r, aflikto r

आपसी s (क्रिवि) reciproke r

आपूर्ति s (ना) provizo r

आप्रवास (ना) migrado

आप्रवासी s (ना) enmigranto

आफन्त s (ना) parenco r v

आफू (सर्व) si

आफैं (क्रिवि) mem r v

आफ्नो (वि) sia, propra r

आबाद (वि) loĝanta r

आभा (ना) lumo r v

आभार s (ना) dankemo r

आभास v s (ना) sento r, konscio r v

आभूषण (ना) ornamaĵo r

आम (वि) publika r

आमन्त्रण (ना) invito r

आमन्त्रित s (वि) invitita

आमरण (वि) ĝismorta

आमसभा (ना) publika r kunveno r

आमा (ना) patrino r v

आमाजू (ना) bofratino r (pli aĝa fratino r v de edzo r v)

आमाशय (ना) stomako r v

आमुन्नेसामुन्ने (क्रिवि) vizaĝ-al-vizaĝe r

आमूल (वि) radika r

आम्खोरा (ना) kruĉo r v

आम्दानी s (ना) gajno r, enspezo r v

आयकर (ना) enspezo r v-imposto r v

आयतन s (ना) volumo r

आयरल्याण्ड v (ना) Irlando r v

आयरल्यान्ड (ना) Irlando r v

आय-विवरण (ना) buĝeto r v

आय-व्यय (ना) enspezoj r kaj elspezoj r, financa r raporto r v

आयस्ता (ना) regula r enspezo r v

आयात s (ना) importo r

आयाम s (ना) dimensio r v

आयु (ना) aĝo; vivo r v

आयोग s (ना) komisiono r v

आयोजक s (ना) organizanto

आयोजना s (ना) organizado

आयोजित s (वि) organizita

आरक्षण (ना) rezervaĵo r

आरति (ना) adoro r per olea r lampo r v

आरम्भ s (ना) komenco r v

आरा (ना) aleno r v, segilo r v

आराधना s (ना) adoro r

आराध्य (वि) adorinda

आराम s (ना) ripozo r v; komforto r

आरिस (ना) envio r v

आरु (ना) persiko r v

आरो (ना) led-kudrilego, aleno r v

आरोप s (ना) akuzo r

आरोह s (ना) supreniro r

आर्जन s (ना) gajno r, enspezo r v

आर्थिक s (वि) ekonomia r

आर्द्र (वि) malseka r, humida r

आलटाल s (ना) intenca r prokrasto r v, malfruiĝo r

आलमारी (ना) ŝranko r v

आलस्य s (ना) pigreco r, mallaboremo r

आलिङ्गन (ना) brakumo r v

आलु (ना) terpomo r v

आलुबखडा (ना) pruno r v

आलो (वि) freŝa r

आलोचना s (ना) kritiko r, komentario r, riproĉo r

आलोपालो (क्रिवि) alterne r; laŭvice r

आलोपालो (ना) interŝanĝo r

आवतजावत (ना) transporto r v

आवध्द (वि) kunligita

आवरण s (ना) kovrilo r, ŝirmilo r v

आवश्यक s (वि) necesa r, bezonata

आवश्यकता s (ना) neceso r, bezono r v

आवागमन s (ना) transporto r v

आवाज s (ना) sono r v; voĉo r v

आवारा (वि) sentaŭga homo r v

आवास s (ना) loĝejo r v

आविष्कार s (ना) invento r v

आवेग s (ना) pasio r v

आवेदक (ना) petanto

आवेदन s (ना) formala r peto r

आवेश s (ना) entuziasmo r

आशङ्का (ना) suspekto r, dubo r

आशय (ना) intenco r

आशा (ना) espero r v

आशामुखी (वि) esperanta r v; esperplena

आशावादी (ना) optimisto r

आशीर्वाद s (ना) beno r

आश्‍चर्य s (ना) surprizo r v

आश्रम s (ना) loĝejo r v, ermitejo r v

आश्रय s (ना) subteno r; apogo r, rifuĝo r

आश्रित s (वि) dependa r

आश्‍वस्त s (वि) promesita

आश्‍वासन s (ना) promeso r v, konsilo r

आसक्त (वि) sindona r

आसक्ति (ना) sindono r, pasio r v

आसन (ना) sidejo r, sidloko

आसन्न s (वि) venonta, proksima r

आसपास s (क्रिवि) ĉirkaŭ r, ĉirkaŭe r

आसमान (ना) ĉielo r v

आसरा (ना) subteno r, espero r v

आसामी (ना) ŝuldanto r

आस्तिक s (ना) (dio)kredanto r

आस्था s (ना) fido r v; kredo r

आह (विबो) ho ve!

आहारा s (ना) manĝo r v, manĝaĵo r v

आहाल s (ना) kota r lageto r v

आह्वान s (ना) alvoko r

/ (विबो) fi !

इँजार / इजार (ना) ŝnuro r v (por pantalono r v)

इँट / इँटा (ना) briko r v

इखिनु (अक्रि) ĵaluzi r

इङ्ग्लिस (वि) angla r v

इच्छयाउनु (सक्रि) deziri r

इच्छा s (ना) volo r v, deziro r

इच्छाधीन (वि) laŭvola

इच्छापत्र (ना) testamento r v

इच्छुक s (वि) deziranta

इजरायल (ना) Israelo r v, Izraelo v (antikva r)

इजलास s (ना) kortuma r sesio r de juĝado

इजाजत s (ना) permeso r

इज्जत s (ना) honoro r, estimo r

इटाली v (ना) Italio r v

इतर (वि) alia r v

इति (ना) fino r v

इतिहास v s (ना) historio r v

इत्यादि (अव्य) kaj tiel r v plu

इनाम s (ना) premio r v

इनामेल (ना) emajlo r v

इनार s (ना) puto r v

इन्कार s (ना) rifuzo r, malkonfeso r

इन्क्लाब (ना) revolucio r v

इन्च s (ना) colo r v

इन्जन / इन्जिन s (ना) maŝino r v, motoro r v

इन्जिनियर s (ना) inĝeniero r v

इन्जेक्सन s (ना) injekto r

इन्द्र धनु (ना) ĉielarko r v

इन्द्रीय (ना) sentumo r v, sento r

इन्धन s (ना) brulligno, energifonto v

इन्फ्लुएन्जा (ना) gripo r v

इन्साफ s (ना) justeco r

इन्स्टिच्युट (ना) instituto r

इन्स्पेक्टर s (ना) inspektisto v

इमर्जेन्सी s (ना) krizokazo; hospitala r urĝejo

इमान s (ना) sincereco r

इमानदार s (वि) sincera r, honesta r

इयरिङ (ना) orelringo r v

इराक (ना) Irako r v

इरान (ना) Irano v

इलम (ना) profesio r v, scio r v

इलाका s (ना) provinco r v

इलाज (ना) rimedo r, kuraco r

इशा (ना) Jesuo r v

इशाइ (वि) krista r, Jesuo r v / kristano r v

इष्ट s (वि) ŝatata, amika r

इसारा v s (ना) signalo r, gesto r

इस्तिरी / इस्त्री (ना) gladilo r

इस्पात (ना) ŝtalo r v

इस्लाम s (ना) Islamo r v

(विबो) fi!

ईबी (ना) envio r v

ईर्ष्या s (ना) ĵaluzo r v

ईश्‍वर v s (ना) dio r v

ईश्‍वरीय s (वि) dia r v

उँ (नि) ej! oj!

उँग्नु / उँघ्नु (अक्रि) preskaŭdormi

उँचाइ / उचाइ s (ना) alteco r v

उँचो (वि) alta r

उँट (ना) kamelo r v

उँधो (नायो) malsupre

उँभो (नायो) supre r

उकल्चिनु (अक्रि) reaperi (saniĝinta vundo r v aŭ malsano r v)

उकालो s (ना) supreniro r

उकाल्नु (सक्रि) levi r

उकास्नु (सक्रि) levi r; helpi r; suprenigi

उकुसमुकुस (ना) sufokiĝo r

उकेल्नु (सक्रि) vomi r v

उक्ति (ना) diraĵo r, proverbo r v

उखरमाउलो (ना) troa r varmeco r v

उखरमाउलो (वि) senpacienca, maltrankvila r

उखान s (ना) proverbo r v

उखु (ना) sukerkano r v

उखेल्नु (सक्रि) elradiki r (plantojn r)

उग्र s (वि) troa r, perforta r

उघार्नु (अक्रि) malfermiĝi

उघार्नु (सक्रि) malkovri r, malfermi r

उघ्राउनु (सक्रि) remaĉi r

उचाल्नु (सक्रि) levi r

उचित s (वि) taŭga r, prava r

उच्च s (वि) alta r

उच्चता s (ना) supraĵo r

उच्चस्तरीय (वि) altnivela