Unua eldono
Eldonjaro: 2009
Eldoninto:
Eldonkvanto: 1000 ekzempleroj
Versio de
नेपाली-एस्पेरान्तो
शब्दकोश
Nepali-Esperanto-vortaro
संकलन
राजेन
मानन्धर
सम्पादक
मण्डल
नरेन्द्र
राज भट्टराई,
याकोब
नोअफेल्क,
पोषराज
सुबेदी,
फिलिप
पियर्स
प्रकाशन
नेपाल
एस्पेरान्तो संघ
विषय-सूची – Enhavo
सम्पादकीय – Saluto de redaktoroj 5
एस्पेरान्तोको परिचय – Enkonduko pri Esperanto 5
एस्पेरान्तो व्याकरण – Gramatiko de Esperanto 13
सङ्केत-सूची – Mallongigoj de vortklasoj 18
सन्दर्भ-सूची – Fontindokoj 170
त्रुटी-टिपोट – Notoj kaj korektoj 172
Creative Commons Atribuo-Nekomerca-Distribui kun sama permesilo 3.0 173
PROVIZORA TEKSTO
Tio ĉi estas labora versio de la Nepala-Esperata vortaro kiun origine faris Razen Mandahar, sed kiu 5-persona laborgrupo nun traktadas. La laborgrupo konsistas el Razen Mandahar, Jacob Nordfalk, Narendra Raj Bhattarai, Phillip Pierce kaj Poshraj Subedi.
Vortaro estas grava afero, dum multe da jaro laboris, dankon al tiuj kiuj helpis al gxi. Dankon al KAEM por mona subteno.
Retadreso kie oni povas elŝuti ĝin en diversaj versioj senpage (http://javabog.dk).
Ni dankas al Madan Puraskar Pustakalaya – http://mpp.org.np/ por por la fontokodo por konverti la tekston al unikodo kaj por la nepala vortaro de OpenOffice.org.
La vortaro enhavas 7071 vortojn.
एकैछिन सोचौँ, संसारमा कति भाषा होलान् ? हाम्रो जस्तो सानो देश नेपालमा नै करीब एक सय भाषा भएको अन्दाज गरिन्छ भने यत्रो संसारको पाँच अरब बासिन्दाले बोल्ने भाषाहरू यति नै छन् भनेर गन्नु असम्भव नै नभए पनि त्यत्ति सामान्य कुरा पनि होइन ।
अब एकातिर संसारका सबै मानिस एक हुन् – को गोरा को काला, को धनी को गरीब, को सभ्य को असभ्य, सबै मानिस भाइ भाइ भएर बाँच्नु पर्दछ भनेर विश्व भातृत्ववादको नारा घन्काइन्छ, बसुधैव कुटुम्बकम् जपिन्छ भने अर्को तिर यो अङ्ग्रेजी बोल्ने, यो जापानी बोल्ने, यो नेपाली बोल्ने भनेर मानिस मानिसको वर्गीकरण गर्ने मात्र हैन, बोलिने भाषाको आधारमा जातीय दुश्मनी र ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनुश्यताको भावना समेत श्रृजना गर्ने हाम्रो परिपाटी रहिआएको छ । यस्तो वातावरणमा हामी यो कल्पना मात्र गर्न सक्छौँ कि संसारको अर्को कुनामा जाँदा भाषिक समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैँ कुराकानी गर्न सकियोस् । तर यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुनसक्ला भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन ।
आजको युगमा मानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमा जानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषा सिकिराख्ने कुरा पनि आएन । त्यसैले आज भोलि यस्तो एउटा भाषा, जसले दुई विभिन्न भाषाभाषी देश बीच विचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महसुस गरिनु स्वाभाविक हो । यसका लागि अन्तर्राष्ट्रिय सञ्चारको निमित्त एउटा देशको भाषा विश्वका अन्य देशवासीहरूले सिकेर आफ्नो देश बाहिर उक्त भाषाको माध्यमबाट सञ्चार गर्न सक्दछ । यहाँ कुन चाहिँ भाषालाई यस्तो अन्तर्राष्ट्रिय भाषा बनाउने भन्ने प्रश्न हाम्रो सामु आउँछ र कुनै एक सम्पन्न देशको भाषा नै विश्व प्रयोजनको लागि उपयुक्त वा स्तरीय मानिन्छ । यो उपाय पनि राम्रै हो तर यो त्यसबेला मात्र मान्य हुनेछ, जुन बेला संसारका सबै मानिसले त्यस देशप्रति समर्पणको भावना राख्न मञ्जुर गर्दछ । अन्यथा कुनै पनि स्वाभिमान व्यक्ति अन्तर्राष्ट्रिय प्रयोगको लागि भनेर कुनै देश विशेषको भाषा सिक्न मन पराउँदैन । उसले आफ्नो मातृभाषाको पनि उत्तिकै अस्तित्व देख्छ, जति विदेशी भाषाको हुन्छ । अर्को, यस्तो विदेशी भाषा सिकेर बोलेमा उसले कहिल्यै त्यति राम्रो र स्पष्ट बोल्न सक्दैन , जति त्यो देशको एक अनपढ व्यक्तिले बोल्न सक्छ अनि त्यस्तो परिस्थितिमा असमानताको वातावरण श्रृजना हुनु स्वाभाविक पनि हो । यस बाहेक यस किसिमको प्रक्रियाले गर्दा विश्व समक्ष उक्त भाषाका धनी देशको प्रतिष्ठा स्वतः बढ्छ र अप्रत्यक्ष रूपमा उपनिवेशले झैँ अरू देशले त्यो देशलाई सम्मानको दृष्टिले हेर्नुपर्ने हुन्छ र त्यहाँको संस्कृति र रहनसहन अँगाल्नु पर्ने हुन्छ । यस प्रकारको विश्वभाषाको कुरा गर्दा हामी नेपालीहरू साधारणतया अङ्ग्रेजीलाई अगाडि राख्छौँ । बाह्र वर्ष स्कुल क्याम्पसमा पढेर पनि जाँचमा पास हुन धौधौ पार्ने यो भाषा के विश्वभाषा बन्न सक्ला ? प्रश्न हाम्रै लागि पनि सोचनीय छ । त्यसमाथि पनि संसारको जुनसुकै कुनामा पनि अंग्रेजी बोलिन्छ भन्ने धारणा राख्नु गलत हुनेछ । युरोपकै कुरा गर्ने हो भने पनि ब्रिटिश द्वीपहरू बाहेक अन्य देशहरूमा बिरलै मात्र अङ्ग्रेजी बोलिन्छ ।
कुनै एक भाषाका प्रभुत्वबाट बच्न एउटा तटस्थ, सजिलो, चाँडै सिकिने र कुनै देशको राजनीति एवम् संस्कृतिमा आँच नआउने भाषाको “निर्माण” गर्ने विचार मानिसहरूले धेरै पहिले देखि गरिआएका थिए । विश्वको पहिलो कृत्रिम अन्तर्राष्ट्रिय भाषाको रूपमा भोलापुक (Volapük) लाई लिन सकिन्छ । मार्टिन स्लायरले ई. १८८० सम्ममा बनाइसकेको यो भाषा एकताका सफल नै भयो तर पछि केही वर्षमै सिक्न गाह्रो, नमिल्ने गरी बनाइएका शब्द इत्यादि कारणले लोप हुन गयो ।
ई. १८८७ को जुलाई २३ तारिखका दिन यस्तै अर्को भाषा एस्पेरान्तो (Esperanto) को जन्म भयो । यस दिन डा. एस्पेरान्तो (आशावादी) भन्ने उपनामले रुसी भाषाबाट पहिलो पुस्तक नामक एउटा सानो पुस्तक प्रकाशित भएको थियो, जसमा सिक्न अत्यन्तै सजिलो एउटा भाषा सम्बन्धी साधारण जानकारी दिइएको थियो । यसका लेखक डा. लाजारो लुदोभिक जामेनहोफ थिए, जसको जन्म ई. १८५९ को डिसेम्बर १५ का दिन तत्कालीन रुसी प्रान्त ब्यालिस्तोक (हाल पोल्याण्ड) मा भएको थियो । त्यो प्रान्तमा राजनैतिक अस्थिरताको कारणले गर्दा विभिन्न देशका बासिन्दाहरू आएर बसेका थिए । तिनीहरूमा भाषिक असमानता रहेकोले एक आपसमा शत्रुता रहिरहन्थ्यो । यो परिस्थितिले बालक जामेनहोफलाई निकै प्रभावित गर्यो । यसैको फलस्वरुप उनले अन्तर्राष्ट्रिय भाषाको प्रारुप ई. १८७८ भित्र तयार पारे तर ऊ विदेशमा पढ्न जाँदा उनका बुबाले यसलाई वाहियात भनेर जलाइदिए । जामेनहोफ मस्को र वार्सामा चिकित्साशास्त्र अध्ययन गर्न गए र ई. १८७९ देखि १८८५ भित्र डाक्टरको उपाधि हासिल गरे । आँखाको चिकित्सक भएपछि आफ्नो लक्ष्यमा उसले पुनः कलम बढाए र ६ वर्षको अविरल खोज कार्य र अथक परिश्रमको फलस्वरुप उसले कल्पना गरेजस्तो अन्तर्राष्ट्रिय भाषाको पूर्ण रुप तयार भयो । उनले आफ्नो पुस्तक छपाउनका लागि कैयन् ठाउँमा प्रयास गरे तर कसैले छापिदिन मानेन । यसैताका उनले क्लारा जिल्वेर्निकसँग विवाह गरे । तिनैका बुबाको आर्थिक सहयोग पाएर उनी पहिलो पुस्तक प्रकाशित गर्न सफल भए । त्यसपछि विभिन्न देशबाट निस्किने गरेका एस्पेरान्तो पत्रिकाहरूले यस भाषालाई सुदृढ पार्नमा मद्दत पुर्यायो । यहाँ उनले आफ्ना हितैषी एन्थोनी ग्रोबोस्कीका सल्लाह र नर्वेका जोन्सनको चिन्हको पनि प्रयोग गरेका थिए । पाँचकुने हरियो तारालाई यस भाषाको प्रतीक चिन्हको रूपमा लिइन्छ । यसको हरियो रङ्ग आशाको प्रतीक हो र ताराको पाँचकुनाले पाँच महाद्वीपको प्रतिनिधित्व गर्दछ र यो आशा लिइन्छ कि यस नयाँ भाषाले सबैलाई एकीकरण गर्ने छ ।
डा. जामेनहोफले पत्राचारको माध्यमबाट संसारको कुनाकुनामा यस भाषाको प्रचार गर्दै गए र यस आदर्शलाई अनुशरण गरेर थुप्रै देशका मानिसहरूले यस भाषा सिक्न र सिकाउनमा अभिरुचि देखाए । यसैको परिणाम स्वरूप आफ्नो ठूलो परिवार र कमजोर आर्थिक अवस्थाका बाबजुद पनि यिनी ई. १९०५ मा पहिलो एस्पेरान्तो महाधिवेशन (कंग्रेस) फ्रान्सको बुल्योन-सुर्-मेर शहरमा गराउन सफल भए । यसमा ३३ देशका करीब ७०० एस्पेरान्तोविद्हरू भाग लिन आएका थिए र तिनीहरूले भाषिक समस्या विना यसै भाषाको भरमा महाधिवेशन सम्पन्न गरे । यसपछि ई. १९०८ मा विश्व एस्पेरान्तो संघको स्थापना भएपछि यसको प्रचार विश्वव्यापी रूपमा नै भयो । उता आफ्नो सानो डाक्टरी पेसाले परिवारलाई आर्थिक सन्तुष्टि दिन भने जामेनहोफ सकेनन् र थुप्रै उतारचढावहरू पार गर्दै अन्ठाउन्न वर्षको उमेर (ई. १९०७) मा यिनले जीवन त्यागे ।
आजभोलि यस भाषालाई सं.रा. संघ तथा युनेस्कोले स्थान दिएको छ । त्यस्तै विश्वका सयभन्दा बढी देशमा यस भाषा बोल्नेहरू छन् र तिनीहरू आ-आफ्नो देशको एस्पेरान्तो संघ मार्फत विश्व एस्पेरान्तो संघसँग सम्बद्ध छन् । यो भाषा पर्यटनको क्षेत्रमा बढी प्रयोग भएको पाइन्छ । आफ्नो देश विश्व सामु चिनाउन यस भाषाको प्रयोग गर्न मन पराउँछन् । विश्वका पन्ध्र भन्दा बढी रेडियो स्टेसनहरूबाट यसको प्रसारण हुन्छ । जस्तै रेडियो बेइजिङले हरेक साँझ यसै भाषाबाट कार्यक्रम दिन्छ । यस भाषाको साहित्यिक भण्डार पनि ठूलो छ संसारका लगभग सबै प्रशिद्ध साहित्यिक, धार्मिक र अन्य महत्वपूर्ण ग्रन्थहरू यस भाषामा अनुवाद भैसकेका छन् – अनूदित र मौलिक साहित्य बाहेक दुई सयभन्दा बढी पत्रपत्रिका विभिन्न देशबाट निस्कन्छन् । विभिन्न देशबाट एस्पेरान्तो सम्बन्धी हुलाक टिकट र खाम प्रकाशनमा ल्याइन्छ । विश्वका एक सय पच्चिसभन्दा बढी विश्वविद्यालयहरूमा यस भाषाबाट अध्ययन गर्ने सुविधा छ । यस बाहेक आजभोलि इन्टरनेटमा पनि यो भाषा व्यापक रूपमा प्रयोग भएको छ । हरेक देशका एस्पेरान्तो संघको वेभपेज बाहेक भाषा सिक्न सहयोग गर्ने लगायतका सैयौँ विभिन्न साइट र ब्लगहरू यस भाषामा बनेका छन् ।
विश्व इतिहासको विभिन्न समयमा विभिन्न राजनीतिक आक्षेप र आक्रमण भोगेर आएको यो भाषा आजभोलि संसारको सयभन्दा बढी देशमा बोलिन्छ तर यो यति जनाले बोल्छ भनेर भन्न भने कठिन छ । तैपनि धेरैले १० लाख देखि एक करोड मानिसले यो भाषा प्रयोग गर्छन् भनेर भनिन्छ ।
आज यो विश्वको सामु विभिन्न देशवासीहरू बीच व्यक्तिगत सम्पर्क कायम गर्ने अद्वितीय माध्यम भएको छ । विभिन्न देशमा पत्रमित्रता गर्ने सजिलो माध्यम हुनुका साथै कुनै पनि देशमा बस्ने किन नहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्नासाथ राजनैतिक सीमाना नाघी आत्मीय मित्र बन्छन् । अझ हजार जना भन्दा बढीले पासपोर्ता सेर्भो (Pasporta Servo) नामक संस्था मार्फत एस्पेरान्तो बोल्ने विदेशीहरूलाई आफ्नो घरमा खाने बस्ने व्यवस्था गर्न तयार छन् ।
यति धेरै भाषाहरू बिच एस्पेरान्तो किन अन्तर्राष्ट्रिय भाषा भयो भन्ने प्रश्न आउनु स्वाभाविक हो । यसलाई अन्तर्राष्ट्रिय भाषा भन्नुको कारण यो कुनै देशको भाषा होइन, यो सिक्न एकदम सजिलो छ, यो तर्कपूर्ण छ, यसले कुनै एक संस्कृतिलाई अंगालेको छैन र यसले तटस्थ अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रोत्साहन दिन्छ । यति भैकन पनि यसले संसारको कुनै भाषा लाई विस्थापित गर्ने वा त्यसको ठाउँ लिने जस्तो उद्देश्य बोकेको छैन । विश्व भरि आफ्नै किसिमले अघि बढिरहेको यो एस्पेरान्तो आन्दोलनले निम्न बुँदालाई आफ्नो लक्ष बनाएको छ ( लोकतन्त्र, विश्वव्यापी शिक्षा, प्रभावशाली शिक्षा, बहुभाषावाद, भाषिक अधिकार, भाषिक विविधता र मानव मुक्ति । यसैको लागि विश्वभरका एस्पेरान्तो बोल्नेहरू व्यक्तिगत र संस्थागत रुपमा लागिपरेका छन् ।
विश्वयुद्धका केही वर्ष बिराएर वर्षेनी यसका वार्षिक महाधिवेशनहरू भइरहेका छन् । जस्तै दशौँ महाधिवेशन ई. १९१५ मा पेरिसमा भएको थियो । त्यस्तै ब्रिटेन, जर्मनी, पोल्याण्ड, जापान, सं.रा. अमेरिका, चीन इत्यादि देशमा हुँदै महाधिवेशन ई. २००८ जुलाईमा भयो (जसमा नेपालबाट पनि एक जना सहभागी भएको थियो) ।
यसै अनुरूप नेपालमा एस्पेरान्तो भाषाको प्रचलन ई. १९५६ मा श्री टिबोर सिकेलले गरेका थिए र यसैताका काठमाडौँ एस्पेरान्तो समाजको गठन भयो । त्यसपछि श्री सिमो मिलोयेभिच आएर ई. १९६९ सम्म यो भाषा सिकाएर गए । त्यसबेला सिकेका करीब ३०० जना विद्यार्थीमध्ये महाकवि देवकोटा र नाटककार समको पनि नाम आउँछ । पछि यो राजनैतिक अस्थिरता इत्यादि कारणले यो शिलशिला शिथिल हुनगयो । फेरि ई. १९९० मा पोल्याण्डका योआकिम वेर्डिन आएर करीब ६० जनालाई सिकाए भने ई. १९९१ म अर्को ७० जना जतिले यो भाषा सिक्ने मौका पाए । यसैबेला नेपाल एस्पेरान्तो संघको गठन भयो । त्यसपछि यसले बेलाबेलामा एस्पेरान्तो सिकाउने काम लगायत अन्य गतिविधि पनि सो संघले गरिरहेको छ ।
www.esperanto.org
www.esperanto.net
www.lernu.net
www.amikumu.net
www.uea.org
www.edukado.net
www.wikipedia.org/esperanto
www.esperanto.org.np
Aa आ, Bb बो, Cc सो, Ĉĉ यो, Dd दो, Ee ए, Ff फो, Gg गो, Ĝĝ जो, Hh हो, Ĥĥ खो, Ii इ, Jj यो, Ĵĵ झो, Kk को, Ll लो, Mm मो, Nn नो, Oo ओ , Pp पो, Rr रो, Ss सो, Ŝŝ शो, Tt तो, Uu ऊ, Ŭŭ वो, Vv भो, Zz ज्जो ।
उच्चारण : यसमा स्वरहरू a, e, i, o, u हुन् । जस्तो कि : bar (बार), ber (बेर) bir (बीर), bor (बोर), bur (बूर) ।
१. यसमा अनिश्चितता बुझाउने उपपद (अंग्रेजीमा indefinitive article) हुँदैन, यसमा एउटा मात्र निश्चितता बुझाउने उपपद (la) हुन्छ , जुन सबै लिङ्ग, कारक र वचनमा एकै किसिमले लाग्छ ।
२. संज्ञावाचकहरू ओकारान्त (O) हुन्छन् । यसमा बहुबचन बनाउन J (य) जोडिन्छ । यसमा जम्मा दुइटा मात्र कारक हुन्छन् : कर्ता कारक र कर्म कारक । यसमा दोस्रो बनाउन पहिलोमा n (न) थपिन्छ । अन्य कारकहरू नामयोगी राखेर अभिव्यक्त गरिन्छन् (जस्तै सम्वन्धकारक de, सम्प्रदानकारक al, अपादन कारक per आदि) ।
३. विशेषणहरू आकारान्त (a) हुन्छन् । कारक र बचन संज्ञावाचकमा जस्तै हुन्छन् । pli भन्ने शब्द प्रयोग गरेर तुलनात्मक विशेषण बनाइन्छन् र plej राखेर उत्कृष्ट जनाउने विशेषण बनाइन्छ । तुलनात्मक विशेषण बनाउँदा ol संयोजक राखिन्छ ।
४. सामान्य संख्या यस प्रकार छन् : unu (उनु) du (दु) tri (त्रि), kvar (क्भार) kvin (क्भीन), ses (सेस), sep (सेप) ok (ओक), naŭ (नाउ), dek (देक), cent (त्सेन्त), mil (मिल) । दश, सय, हजारभन्दा बढीको संख्या क्रमशः संख्याहरू सँगै राखेर बनाइन्छ (जस्तै, १२ dek du, २० dudek, ९९ naŭdek naŭ, १९९९ mil naŭcent naŭdek naŭ). क्रमसूचक संख्या बनाउन पछाडि a थप्ने (जस्तै unu+a= unua, प्रथम), गुणा बुझाउन obla थप्ने (जस्तै du + obla= duobla, दोब्बर), भिन्नात्मक बुझाउन on थप्ने (जस्तै kvar+ono=kvarono, चौथाई), सामूहिक बुझाउन op थप्ने ( जस्तै du+opo =duopo, जोडा), विभाजन बुझाउन po नामयोगी प्रयोग गर्ने (जस्तै po unu glaso , हरेकले एक गिलास) । संज्ञावाचक र क्रियाविशेषणवाचक संख्याहरू पनि प्रयोग गर्न सकिन्छ ।
५. व्यक्तिबाचक सर्वनाम : mi (म), vi (तिमी), li (ऊ), ŝi (उनी), ĝi (यो, वस्तु वा जनावरलाई), si (ऊ आफैँ), ni (हामी), ili (तिनीहरू), oni (अमुक) । सम्बन्धवाचक a राखेर बनाइन्छ । प्रत्यक्ष रुप विधान वा प्रत्यय जोड्ने तरिका संज्ञावाचकमा जस्तो हुन्छ ।
६. क्रिया व्यक्ति वा बचन अनुसार परिवर्तन हुँदैन । क्रियाको रुप : वर्तमानले -as अन्त लिन्छ, भूतले -is, भविष्यले -os, प्रतिबन्धात्मकले -us, आज्ञार्थकले -u, सामान्य रुपले -i । कृदन्तहरू (विशेषण जनाउने वा क्रियाविशेषण जनाउने) : कतृवाच्य वर्तमान -ant, कतृवाच्य भूत -int, कतृवाच्य भविष्य -ont । कर्मवाच्य वर्तमान -at, कर्मवाच्य भूत -it, कर्मवाच्य भविष्य -ot । कर्मवाच्य बनाउन esti क्रियाको सम्बन्धित काल बनाइन्छ र आवश्यक क्रियामा कर्मवाच्य कृदन्त थपिन्छ । कर्मवाच्यमा आउने नामयोगी de हो । जस्तै – La domo estas konstruata de mi, त्यो घर मबाट बनाइँदै छ ।
७. क्रियाविशेषणहरू एकारान्त (e) हुन्छन् । तुलनाका लागि विशेषणमा जस्तै गरिन्छ ।
८. सबै नामयोगीहरूले कर्ता कारकलाई शासन गर्दछ ।
९. हरेक शब्द जसरी लेखिन्छ, त्यसरी उच्चारण गरिन्छ ।
१०. स्वराघात जहिले पनि अन्तिम भन्दा अगाडिको अक्षरमा लाग्छ ।
११. समास दुइटा शब्दहरूलाई सँगै राखेर बनाइन्छ (मुख्य शब्द अन्तिममा हुन्छ) । व्याकरणीय शब्दावलीहरू पनि स्वतन्त्र शब्दहरू सरह हुन्छन् ।
१२. अर्को अकरण शब्द उपस्थित भएमा ne हटाइन्छ ।
१३. दिशा, तर्फ देखाउन शब्दले कर्मकारक रुप लिन्छ ।
१४. हरेक नामयोगीको पूर्ण र स्थायी अर्थ हुन्छ तर यदि उक्त नामयोगीले जुन अर्थ दिनु पर्ने हो त्यो दिएन भने हामी je नामयोगी प्रयोग गर्छौ । je को सट्टामा हामी नामयोगी नराखी कर्मकारक पनि प्रयोग गर्न सक्छौँ ।
१५.आगन्तुक भनिने शब्दहरू, अथवा ती शब्दहरू जुन एक स्रोतबाट धेरै भाषाहरूले लिएका छन्, तिनीहरू एस्पोरान्तोमा वर्णविन्यासमा बाहेक परिवर्तन हुँदैनन् तर एकै मूलबाट आएका विभिन्न शब्दहरूको सवालमा भने मूल शब्द मात्र जस्ताको तस्तै प्रयोग गरी अरू एस्पेरान्तो भाषाको नियमानुसार प्रयोग गर्नु पर्छ ।
१६. संज्ञावाचकको र उपपदको अन्तिम स्वर कहिलेकाहीँ हटाएर (') चिह्नमात्र पनि राख्न सकिन्छ ।
bo- ~ विवाहबाट बन्ने सम्बन्ध : bopatro, ससुरा
dis- ~ वितरण, छरिने अर्थमा : disdoni, वितरण गर्नु
ek- ~ शुरु, छोटो क्रिया : ekiri एकै छिन कराउनु
eks- ~ भूतपूर्व : eksprezidanto पूर्व अध्यक्ष
fi- ~ नराम्रो लाग्ने : fifama, कुख्यात
ge- ~ स्त्री पुरुष सँगै : gepatroj, आमाबुबा
mal- ~ अकरण : malfacila, कठिन
mis- ~ गलत : misuzi, दुरुपयोग गर्नु
re- ~ पुन : resendi, फर्काउनु
-aĉ ~ होच्याउने : herbaĉo, झार
-ad ~ कार्यको निरन्तरता : ridado, हाँसीरहने काम
-aĵ ~ ठोस विचार वा बस्तु : manĝaĵo : खानेकुरा
-an ~ बासी, सदस्य, अङ्ग : nepalano, नेपाली
-ar ~ सङ्कलन : arbaro जङ्गल
-ebla ~ सम्भाव्यता : manĝebla खाद्य
-ec ~ अमूर्त गुण : beleco सुन्दरता
-eg ~ विशालता : dentego दाह्रा
-ej ~ विशेष कार्यमा प्रयोग हुने ठाउँ : lernejo विद्यालय
-em ~ इच्छा भएको : manĝema खन्चुवा
-er ~ सङ्ग्रहको एक अंश : monero सिक्का
-estr ~ प्रमुख : urbestro नगरप्रमुख
-et ~ सानो बुझाउने : rideti मुस्काउनु
-id ~ सन्तान : kokido चल्ला
-ig ~ कसैलाई गराउनु : trinkigi पिलाउनु
-iĝ ~ हुनु : riĉiĝi धनी हुनु
-il - साधन : flugilo पखेटा
-in - स्त्रीवाचक : virino महिला
-ind ~ लायकको : mirinda आश्चर्यजनक
-ing ~ कसेर समात्ने गरी राख्ने भाँडो : cigaringo सिगार राख्ने पाइप
-ism ~ वाद : komunismo साम्यवाद
-ist ~ पेशा वा शोख भएको : kantisto गायक
-ebl ~ गुणा : dekobla दश गुणा
-on ~ भिन्नात्मक : duona आधा
-op ~ सामूहिक संख्या : dekopa दशवटा सँगै
-uj ~ भाँडो : laktujo दूध राख्ने भाँडो
-ul ~ गुण अनुसारको मानिस : dikulo मोटो मानिस
-um ~ सामान्य अर्थ दिने परसर्ग : literumo, हिज्जे
साथै -ĉjo र -njo पनि परसर्ग हुन् जसलाई कसैको नाम प्यारो गरी बोलाउँदा प्रयोग गरिन्छ ।
ना नाम nominativo (o-vorto)
वि विशेषण adjektivo (a-vorto)
क्रिवि क्रियाविशेषण adverbo (e-vorto)
अक्रि अकर्मक क्रिया netransitiva verbo
सक्रि सकर्मक क्रिया transitiva verbo
प्रे.क्रि प्रेरणार्थक क्रिया duobla transitiva verbo
प्रत्य प्रत्यय sufikso kaj post-pozicio
नायो नामयोगी post-pozicio
सर्व सर्वनाम pronomo
विबो विस्मयादिबोधक krivorto
विभ विभक्ति kazfinaĵo (de, por, al, k.s. estas postpozicioj - finaĵoj - en la nepala)
नि निपात nuanco-ŝanĝaj vortoj
सं संयोजक konjunkcio
अव्य अव्यय aliaj vortoj (ne fleksieblaj)
अ a
आ aa
aabaad आबाद (वि) loĝanta r
aavaagaman आवागमन s (ना) transporto r v
aavaaj आवाज s (ना) sono r v; voĉo r v
aavaaraa आवारा (वि) sentaŭga homo r v
aavadhda आवध्द (वि) kunligita
aavaran आवरण s (ना) kovrilo r, ŝirmilo r v
aavashyak आवश्यक s (वि) necesa r, bezonata
aavashyakataa आवश्यकता s (ना) neceso r, bezono r v
aavatajaavat आवतजावत (ना) transporto r v
aavedak आवेदक (ना) petanto
aavedan आवेदन s (ना) formala r peto r
aavesh आवेश s (ना) entuziasmo r
aabhaas आभास v s (ना) sento r, konscio r v
aabhuushan आभूषण (ना) ornamaĵo r
aavishkaar आविष्कार s (ना) invento r v
aãcha आँच (ना) hejto r
aachaar आचार s (ना) moralo r v
aachaarya आचार्य (ना) pastro r v, religia r instruisto r v
aacharan आचरण s (ना) konduto r v
aache / aachche आचे / आच्चे (विबो) ho!
aaDa आड (ना) subteno r
aadaanapradaan आदानप्रदान (ना) interŝanĝo r
aaDambar आडम्बर s (ना) hipokriteco r, pompo r
aadar आदर (ना) respekto r
aadaraniiy आदरणीय s (वि) estimata; honorinda r
aadarsha आदर्श s (ना) idealo r v
aadhaa आधा (वि) duona r
aadhaar आधार s (ना) bazo r v, fundamento r v
aadhikaarik आधिकारिक s (वि) oficiala r
aadhipatya आधिपत्य s (ना) superregado
aadhunik आधुनिक s (वि) moderna r
aadhyaatmik आध्यात्मिक s (वि) spirita r
aadi आदि (ना) komenco r v, origino r
aadivaasii आदिवासी (ना) indiĝeno r v
aadii आदी (वि) kutima r
aadipurush आदिपुरुष (ना) Adamo r v
aadyakshar आद्यक्षर (ना) mallongigo r v
aadyopaanta आद्योपान्त (क्रिवि) de komenco r v ĝis fino r v, tute r
aagaamii आगामी s (वि) venonta
aagalaagii आगलागी (ना) fajrado
aagaman आगमन (ना) alveno r
aãgan आँगन v (ना) korto r v; razeno r
aagantuk आगन्तुक s (ना) vizitanto; gasto r
aage आगे (क्रिवि) antaŭe r
aaghaat आघात s (ना) frapo r, ŝoko r
aaghũ आघुँ (नायो) venontjare
aaglo आग्लो (ना) riglilo r, pordobolto
aah आः (विबो) ve!
aaha आह (विबो) ho ve!
aahaal आहाल s (ना) kota r lageto r v
aahaaraa आहारा s (ना) manĝo r v, manĝaĵo r v
aahvaan आह्वान s (ना) alvoko r
aai bharii kosTa आइ भरी कोस्ट (ना) Ebura r Bordo r v
aaimaaii आइमाई s (ना) virino r v
aaindaa आइन्दा s (ना) post r nun, de nun
aaisakrim आइसक्रिम (ना) glaciaĵo r v
aaitabaar आइतबार v s (ना) dimanĉo r v
aaja आज (अव्य) hodiaŭ r
aajaadii आजादी (ना) libereco r v, sendependeco r v
aajakal आजकल (क्रिवि) nuntempe r
aajanma आजन्म (क्रिवि) dumvive
aajỹaa आज्ञा (ना) permeso r, ordono r
aajỹaakaarii आज्ञाकारी (वि) obeema
aakaangkshaa आकाङ्क्षा s (ना) deziro r, revo r v
aãkaDaa आँकडा s (ना) statistiko r v
aakalajhukal आकलझुकल (क्रिवि) malofte r, de tempo r v al tempo r v
aakarshak आकर्षक s (वि) alloga, ĉarma r
aakarshan आकर्षण s (ना) allogo
aakarshit आकर्षित s (वि) allogita
aakasmik आकस्मिक s (वि) subita r
aãkhaa phoDuvaa / phora आँखा फोडुवा / फोर (ना) manto r (insekto r v)
aakheT आखेट (ना) ĉasado v
aãkhiibhaũ आँखीभौँ s (ना) brovo r
aãkhiijhyaal आँखीझ्याल (ना) lataĵa r fenestro r v
aakhir आखिर (क्रिवि) fine r
aakhyaan आख्यान s (ना) rakonto r v
aãknu आँक्नु (सक्रि) taksi r
aakraamak आक्रामक s (वि) atakema r
aakraman आक्रमण s (ना) atako r
aakriti आकृति s (ना) formo r v
aakrosh आक्रोश (ना) furiozo r
aakshep आक्षेप s (ना) akuzo r, malaprobo
aãkuro आँकुरो (ना) ŝoso r v, ekkreskaĵo
aalamaarii आलमारी (ना) ŝranko r v
aalasya आलस्य s (ना) pigreco r, mallaboremo r
aalaTaal आलटाल s (ना) intenca r prokrasto r v, malfruiĝo r
aalinggan आलिङ्गन (ना) brakumo r v
aalo आलो (वि) freŝa r
aalochanaa आलोचना s (ना) kritiko r, komentario r, riproĉo r
aalopaalo आलोपालो (ना) interŝanĝo r
aalopaalo आलोपालो (क्रिवि) alterne r; laŭvice r
aalubakhaDaa आलुबखडा (ना) pruno r v
aama आम (वि) publika r
aamaajuu आमाजू (ना) bofratino r (pli aĝa fratino r v de edzo r v)
aamaashay आमाशय (ना) stomako r v
aamantran आमन्त्रण (ना) invito r
aamantrit आमन्त्रित s (वि) invitita
aamaran आमरण (वि) ĝismorta
aamasabhaa आमसभा (ना) publika r kunveno r
aamdaanii आम्दानी s (ना) gajno r, enspezo r v
aamkhoraa आम्खोरा (ना) kruĉo r v
aamunnesaamunne आमुन्नेसामुन्ने (क्रिवि) vizaĝ-al-vizaĝe r
aamuul आमूल (वि) radika r
aanaakaanii आनाकानी s (ना) hezito r
aananda आनन्द s (ना) plezuro r
aandolan आन्दोलन s (ना) movado r v
aanDoraa आण्डोरा (ना) Andoro r v
aandro आन्द्रो s (ना) intesto r v
aanga आङ (ना) korpo r v, dorso r v
aaniibaanii आनीबानी (ना) konduto r v, karaktero r
aantarik आन्तरिक s (वि) interna r
aanuvashik आनुवंशिक (वि) hereda r
aanupaatik आनुपातिक (वि) supoza r
aapasii आपसी s (क्रिवि) reciproke r
aapat आपत् (ना) mizero r, aflikto r
aaphanta आफन्त s (ना) parenco r v
aaphno आफ्नो (वि) sia, propra r
aaphuu आफू (सर्व) si
aapravaas आप्रवास (ना) migrado
aapravaasii आप्रवासी s (ना) enmigranto
aapuurti आपूर्ति s (ना) provizo r
aaraa आरा (ना) aleno r v, segilo r v
aaraadhanaa आराधना s (ना) adoro r
aaraadhya आराध्य (वि) adorinda
aaraam आराम s (ना) ripozo r v; komforto r
aarakshan आरक्षण (ना) rezervaĵo r
aarambha आरम्भ s (ना) komenco r v
aarati आरति (ना) adoro r per olea r lampo r v
aardra आर्द्र (वि) malseka r, humida r
aarjan आर्जन s (ना) gajno r, enspezo r v
aaro आरो (ना) led-kudrilego, aleno r v
aarthik आर्थिक s (वि) ekonomia r
aasaamii आसामी (ना) ŝuldanto r
aasakta आसक्त (वि) sindona r
aasakti आसक्ति (ना) sindono r, pasio r v
aasan आसन (ना) sidejo r, sidloko
aasanna आसन्न s (वि) venonta, proksima r
aasapaas आसपास s (क्रिवि) ĉirkaŭ r, ĉirkaŭe r
aasaraa आसरा (ना) subteno r, espero r v
aashaavaadii आशावादी (ना) optimisto r
aashaamukhii आशामुखी (वि) esperanta r v; esperplena
aashangkaa आशङ्का (ना) suspekto r, dubo r
aashay आशय (ना) intenco r
aashvaasan आश्वासन s (ना) promeso r v, konsilo r
aashvasta आश्वस्त s (वि) promesita
aashcharya आश्चर्य s (ना) surprizo r v
aashiirvaad आशीर्वाद s (ना) beno r
aashram आश्रम s (ना) loĝejo r v, ermitejo r v
aashray आश्रय s (ना) subteno r; apogo r, rifuĝo r
aashrit आश्रित s (वि) dependa r
aasthaa आस्था s (ना) fido r v; kredo r
aastik आस्तिक s (ना) (dio)kredanto r
aãsu आँसु (ना) larmo r
aatangka आतङ्क s (ना) teruro r
aatangkavaad आतङ्कवाद (ना) terorismo r v
aatangkavaadii आतङ्कवादी s (ना) teroristo r v
aatasabaajii आतसबाजी (ना) fajraĵo r
aatataayii आततायी (वि) kruela r
aaTha आठ (ना) ok
aãTilo / aãTii आँटिलो / आँटी (वि) kuraĝa r
aatithya आतिथ्य (ना) gastiĝo
aatmabal आत्मबल (ना) memfido r
aatmavishvaas आत्मविश्वास (ना) memfido r
aatmavrittaanta आत्मवृत्तान्त (ना) aŭtobiografio r v
aatmahatyaa आत्महत्या (ना) sinmortigo r v
aatmakathaa आत्मकथा (ना) aŭtobiografio r v
aatmanirbhar आत्मनिर्भर (वि) sendependa r v
aatmarakshaa आत्मरक्षा (ना) sindefendo
aatmasamarpan आत्मसमर्पण (ना) cedado, sindono r
aatmashuddhi आत्मशुद्धि (ना) sinpurigo
aãTnu आँट्नु (सक्रि) kuraĝi r
aatthaa आत्था (विबो) aj !
aattinu / aatinu आत्तिनु / आतिनु (अक्रि) ektimi r
aatur आतुर s (वि) ekscitita
aaũdo आउँदो (वि) venonta
aayaam आयाम s (ना) dimensio r v
aaya-vivaran आय-विवरण (ना) buĝeto r v
aaya-vyay आय-व्यय (ना) enspezoj r kaj elspezoj r, financa r raporto r v
aayakar आयकर (ना) enspezo r v-imposto r v
aayaralyaanDa आयरल्यान्ड (ना) Irlando r v
aayaralyaanDa आयरल्याण्ड v (ना) Irlando r v
aayastaa आयस्ता (ना) regula r enspezo r v
aayog आयोग s (ना) komisiono r v
aayojak आयोजक s (ना) organizanto
aayojanaa आयोजना s (ना) organizado
aayojit आयोजित s (वि) organizita
aba अब (सं) nun, nu
avaak अवाक् (वि) silenta r
avaal अवाल (ना) forno r v, brikobakujo
avaaỹchhaniiy अवाञ्छनीय (वि) neakceptinda
avadhaaranaa अवधारणा s (ना) koncepto r v
avadhi अवधि s (ना) periodo r v
abagaal अबगाल (ना) akuzo r
avagat अवगत s (वि) informata
avahelanaa अवहेलना s (ना) malrespekto r, neglekto r v
avaidh अवैध s (वि) kontraŭleĝa r
avaitanik अवैतनिक (वि) nepagita
avakaash अवकाश s (ना) emeritiĝo; libera r v tempo r v
avalokan अवलोकन s (ना) observado r v
avamuulyan अवमूल्यन s (ना) inflacio r v, prezoredukto
avanati अवनति (ना) malevoluo
avarodh अवरोध (ना) obstrukco r
avaroh अवरोह s (ना) malsupreniro r
avaruddha अवरुद्ध s (वि) malhelpata, obstrukcita
avasar अवसर s (ना) okaze r, ŝanco r v
avashya अवश्य s (क्रिवि) certe r
avasthaa अवस्था s (ना) kondiĉo r, stato r v
avasthal अवस्थल (ना) multgeneracia loĝloko, origino r
avasthit अवस्थित s (वि) lokita
avasthiti अवस्थिति (ना) loko r, situacio r, pozicio r v
avataar अवतार s (ना) enkarniĝo r v
avataran अवतरण s (ना) surteriĝo (de ekz flugmaŝino r v)
abbal अब्बल s (वि) plej r bona r
aber / abelaa अबेर s / अबेला (क्रिवि) malfrue r
abhadra अभद्र s (वि) malĝentila r
abhivaadan अभिवादन s (ना) saluto r
abhibhaavak अभिभावक s (ना) kuratoro r v
abhivyakti अभिव्यक्ति s (ना) sentoesprimo
abhilaashaa अभिलाषा s (ना) deziro r, revo r v
abhilekh अभिलेख s (ना) epigrafo r v, dokumento r v
abhimaan अभिमान s (ना) aroganteco r, fanfarono r
abhinandan अभिनन्दन s (ना) honoro r, gratulado
abhinay अभिनय s (ना) aktorado
abhinetaa अभिनेता s (ना) aktoro r v
abhinetrii अभिनेत्री s (ना) aktorino v
abhiruchi अभिरुचि s (ना) intereso r
abhishaap अभिशाप s (ना) malbeno r v
abhiyaan अभियान s (ना) movado r v, kampanjo r v
abhiyog अभियोग s (ना) jura r v akuzo r
abhyaas अभ्यास s (ना) ekzerco r, praktiko r
abhyaas pustikaa अभ्यास s पुस्तिका s (ना) kajero r v
abhyuday अभ्युदय (ना) evoluo r v
avishvaas अविश्वास s (ना) malfido r
avismaraniiy अविस्मरणीय s (वि) neforgesebla r
achaaklii अचाक्ली s (क्रिवि) tro r v
achaanak अचानक s (क्रिवि) subite r
achaanu / achaano अचानु / अचानो (ना) haktabulo r
achaar अचार s (ना) peklaĵo r v
achakachaaunu अचकचाउनु (अक्रि) heziti r
achakalTo अचकल्टो (वि) duone r kuirita
achal अचल (वि) nemovebla, firma r, inerta r
achchhyũ अच्छ्युँ (ना) krabro r (insekto r v)
achel अचेल s (क्रिवि) nuntempe r
achet अचेत s (वि) nekonscia, svena r
ãcheTnu अँचेट्नु (सक्रि) puŝi r, premegi
achhut अछुत (वि) netuŝenda
adaalat अदालत v s (ना) juĝejo r v, tribunalo r v
aDaan अडान s (ना) firmeco r, obstino r v
aDaaunu अडाउनु (सक्रि) ŝtopi r, rigli r, bolti r, senmovigi r, apogi r
adab अदब (ना) respekto r
aDabaangge अडबाङ्गे (वि) absurda r
aDabekhaDabe अडबेखडबे (वि) neebena
adaksha अदक्ष (वि) mallerta r
adamya अदम्य s (वि) nevenkebla
adbhut अद्भुत s (वि) mirinda r
advitiiy अद्वितीय s (वि) unika r, senkompara r
aDchan अड्चन s (ना) obstaklo r v
aDhaai अढाइ s (ना) du kaj duono r v (2½)
adhabaise अधबैंसे (वि) plenkreska r
adhakalcho अधकल्चो (वि) duone r kuirita
adhakaTTii अधकट्टी (ना) kvitanco r
adhivaktaa अधिवक्ता v s (ना) advokato r v
adhiveshan अधिवेशन s (ना) kongreso r v
adhiin अधीन s (वि) suba r, dependa r
adhiir अधीर s (वि) maltrankvila r, malpacienca r
adhikaar अधिकार (ना) rajto r v
adhikaarii अधिकारी s (ना) rajto r v-posedanto
adhikavarsha अधिकवर्ष (ना) superjaro r v
adhikatam अधिकतम s (वि) plejmulta
adhikrit अधिकृत s (ना) oficisto r
adhinaayak अधिनायक (ना) lordo r, diktatoro r v
adhipati अधिपति (ना) mastro r
adhiraaj अधिराज (ना) suvereno r v, imperiestro r v
adhiraajya अधिराज्य s (ना) reĝlando r
adhityakaa अधित्यका (ना) altplataĵo
adhiyaã अधियाँ (ना) rikoltodivido
adhuro अधुरो s (वि) nekompleta r
adhyaadesh अध्यादेश s (ना) ordono r
adhyaagaman अध्यागमन s (ना) migrado
adhyaapak अध्यापक s (ना) instruisto r v
adhyaapan अध्यापन s (ना) instruado r v
adhyaapikaa अध्यापिका (ना) instruistino
ãdhyaaro अँध्यारो s (वि) malluma r
adhyaatma अध्यात्म (ना) spirito r v
adhyaksha अध्यक्ष s (ना) prezidanto r v
adhyayan अध्ययन s (ना) studo r, studado v
adhyayan sasthaan अध्ययन s संस्थान (ना) fakultato r v, instituto r
aDig अडिग s (वि) stabila r, firma r
aDinu अडिनु (अक्रि) halti r, ne moviĝi r
aDkaaunu अड्काउनु (सक्रि) fiksi r, haltigi r
aDkal अड्कल (ना) konjekto r, diveno r, takso r
aDkanu अड्कनु (अक्रि) halti r, implikiĝi, fiksiĝi r
aDnu अड्नु (अक्रि) resti r, halti r
adrishya अदृश्य s (वि) nevidebla
aduvaa अदुवा s (ना) zingibro r v
aduuradarshii अदूरदर्शी (वि) miopa r
adyaavadhi अद्यावधि (क्रिवि) ĝis nun
adyaapi अद्यापि s (क्रिवि) ĝis hodiaŭ r
agaavai अगावै s (क्रिवि) jam antaŭe r
agaaDi अगाडि s (क्रिवि) antaŭe r
agaagh अगाघ (वि) senlima r
ãgaalnu अँगाल्नु s (सक्रि) sekvi r, akcepti r (-ismon r); brakumi r v
ãgaalo अँगालो s (ना) ĉirkaŭpremo r, brakumo r v
agaDamabagaDam अगडमबगडम (ना) bagatelo r
agarabattii अगरबत्ती (ना) incensaĵo r
agasti अगस्ति (वि) manĝema, nesatigebla
ageno अगेनो (ना) forno r v, kameno r v
aghaaunu अघाउनु (अक्रि) satiĝi
agi / aghi अगि / अघि (नायो) antaŭ r
agisaraa / aghisaraa अगिसरा / अघिसरा (वि) aktiva r, vigla r
agraj अग्रज s (ना) pliaĝulo r v, pioniro r v
aguvaa अगुवा s (ना) antaŭulo r; (agrikultura r) gvidisto r, gvidanto v
agulTo अगुल्टो (ना) brulaĵo r v
ãguTho अँगुठो (ना) dikfingro r v
ahã अहँ (विबो) ne, ne volas
ãhã अँहँ (नि) ne
ahangkaar अहङ्कार (ना) aroganteco r
ahisaa अहिंसा s (ना) pacifismo r v, nemortado, senperforto v
aho / oho अहो / ओहो (विबो) ho!
ऐ ai
aichchhik ऐच्छिक (वि) laŭvola
ai jan ऐ जन (अव्य) same r kiel r v supre r
aishvarya ऐश्वर्य s (ना) posedaĵaro
aiThan ऐंठन (ना) ĝena r premo r v
aiThnu ऐंठ्नु (अक्रि) ĝene r premi r
aitihaasik ऐतिहासिक s (वि) historia r v
aiyaa ऐया (विबो) aj!
aiyaasii ऐयासी (ना) luksamo
ajangga अजङ्ग (वि) grandega
ajha अझ (क्रिवि) plu, pli
ajhai अझै (क्रिवि) ankoraŭ r
ajib / ajiib अजिब / अजीब (वि) stranga r, mirinda r
ajinggar अजिङ्गर (ना) pitono r v
ãjulii / aỹjali अँजुली s / अञ्जलि (ना) dumanpleno
ajỹaat अज्ञात s (वि) nekonata r
akaal अकाल (ना) sekego v, senpluveco; malĝusta tempo r v
akaD अकड (ना) kontraŭstaro r, obstino r v
akamakaaunu अकमकाउनु (अक्रि) heziti r, embarasiĝi
akasmaat अकस्मात् (क्रिवि) subite r
akhaadya अखाद्य (वि) nemanĝenda
akhabaar अखबार s (ना) revuo r v, ĵurnalo r v
akhaDaa अखडा s (ना) kunvenejo
akhanDa अखण्ड s (वि) nedividebla
akhil अखिल (वि) tuta r
akhtiyaar अख्तियार s (ना) rajto r v, aŭtoritato r
akkal अक्कल (ना) lerteco r
aksar अक्सर s (क्रिवि) ĝenerale r, ofte r
akshaash अक्षांश (ना) latitudo r v
aksham अक्षम s (वि) malkapabla, nekompetenta r
akshar अक्षर s (ना) litero r v, alfabeto r v
akshar अक्षर s (वि) nedetruebla
aksharepi अक्षरेपि (क्रिवि) laŭlitere
akshashaalaa अक्षशाला (ना) vetludejo v
aksijan अक्सिजन s (ना) oksigeno r v
akTobar अक्टोबर s (ना) oktobro r v
akTopas अक्टोपस (ना) polpo r v
alachchhin अलच्छिन (वि) malbonaŭgura r
alag / alagga अलग / अलग्ग s (क्रिवि) aparte r
alagyaaunu अलग्याउनु (सक्रि) disigi r, izoli r
alaichii अलैंची (ना) kardamomo r v (spico r v)
alakatraa अलकत्रा (ना) asfalto r v, gurdo r v
alamalinu अलमलिनु (अक्रि) konfuziĝi
alangkaar अलङ्कार s (ना) ornamaĵo r
alapatra अलपत्र s (क्रिवि) senbaze r, konfuze r
albaaniiyaa अल्बानीया (ना) Albanio r v
alchhii / alsii अल्छी s / अल्सी (वि) mallaborema r
ali / alik अलि / अलिक s (वि) iom, iomete
aljeriiyaa अल्जेरीया (ना) Alĝerio v
aljhinu अल्झिनु (अक्रि) implikiĝi
allaare अल्लारे s (वि) sencela r, pasumanta
allaarinu अल्लारिनु (अक्रि) vagadi, pasumi
allo अल्लो (ना) kanabo r v; speco r v de urtiko r v
alpaviraam अल्पविराम (ना) komo r v
alpasangkhyak अल्पसङ्ख्यक (वि) malplimulta r
alTimeTam अल्टिमेटम s (ना) ultimato r v
amalapitta अमलपित्त (ना) acideco r
amar अमर (वि) senmorta r
ambaa अम्बा s (ना) gujavo r (speco r v de frukto r v)
amerikaa अमेरिका v (ना) Ameriko r v
amildo अमिल्दो (वि) sentaŭga
amkhoraa अम्खोरा (ना) poto r v
amuk अमुक (सर्व) iu
amuulya अमूल्य s (वि) netaksebla, kara r
amuurta अमूर्त s (वि) abstrakta r, senforma
anaavaran अनावरण (ना) inaŭguro r
anaavashyak अनावश्यक s (वि) nenecesa
anaadar अनादर (ना) malrespekto r, neglekto r v
anaaDii अनाडी (वि) naiva r, sensperta
anaahak अनाहक s (क्रिवि) senkaŭze
anaanaas अनानास (ना) ananaso r v
anaayaas अनायास s (क्रिवि) subite r, hazarde r
anabhijỹa अनभिज्ञ s (वि) nescia
anavishvaas अनविश्वास (ना) malfido r
anagantii / anagintii अनगन्ती / अनगिन्ती s (वि) nekalkulebla
anaitik अनैतिक s (वि) senmorala
anajaan अनजान (वि) fremda r, nescia, mallerta r
anakan अनकन (ना) hezito r
anakanaaunu अनकनाउनु (अक्रि) heziti r, embarasiĝi
anakanTaar अनकन्टार (ना) soleca r loko r
anamel अनमेल (ना) sen taŭgo r, malkonkordo
anamol अनमोल s (वि) netaksebla, tre valora r
ananta अनन्त s (वि) eterna r, senlima r
anapaDh अनपढ (वि) needukita
anartha अनर्थ s (ना) malordo r, katastrofo r v
anashan अनशन s (ना) fasto r v, protesto r per fasto r v
anaupachaarik अनौपचारिक s (वि) neformala,neoficiala
anauTho अनौठो s (वि) stranga r,fremda r
anveshan अन्वेषण s (ना) esploro r
anDaa / anDaa अण्डा s / अन्डा (ना) ovo r v
andaaj अन्दाज s (ना) konjekto r
anDaakaar अण्डाकार (ना) ovalo r
anDakosh अण्डकोष (ना) testiko r v
andhaadhundha अन्धाधुन्ध (क्रिवि) tro r v
andhavishvaas अन्धविश्वास (ना) superstiĉo r v
andhakaar अन्धकार s (ना) mallumo r v
anek अनेक s (वि) diversaj r, multaj r
angg अङ्ग v s (ना) parto r v, membro r
anggabhangga अङ्गभङ्ग (ना) vundo r v, rompita korpomembro
anggarakshak अङ्गरक्षक (ना) korpogardisto r
anggrej अङ्ग्रेज (ना) anglo r v
anggrejii अङ्ग्रेजी v (वि) angla r v
anggur / agur अङ्गुर s / अंगुर (ना) vinbero r v
angk अङ्क s (ना) cifero r v; poento r v
angkaganit अङ्कगणित (ना) aritmetiko r v
angkamaal अङ्कमाल (ना) ĉirkaŭpreno r, brakumo r v
angkur अङ्कुर (ना) ŝoso r v, ekkreskaĵo (de planto r v)
angkush अङ्कुश (ना) hoko r, ankro r v
anivaarya अनिवार्य s (वि) devigita
anichchhaa अनिच्छा (ना) sendezireco, sendeziro
anidraa अनिद्रा (ना) sendormeco r
aniishvaravaad अनीश्वरवाद (ना) ateismo r v
anikaal अनिकाल s (ना) malsatego v, sekego v
anishchit अनिश्चित s (वि) necerta
anitya अनित्य (वि) nedaŭra
aniyamit अनियमित s (वि) neregula
annadaataa अन्नदाता (ना) manĝo r v-donanto, patrono r v
antavaartaa अन्तवार्ता (ना) intervjuo r v
antahshulka अन्तःशुल्क s (ना) enlanda imposto r v
antamukhii अन्तमुखी (वि) introvertita
antar अन्तर s (ना) malsimileco r, diferenco r
antar अन्तर s (अव्य) inter r v
antaraal अन्तराल s (ना) intervalo r v
antaraap अन्तराप (ना) ĉarniro r v
antaraashTriy अन्तराष्ट्रिय (वि) internacia r
antarangga अन्तरङ्ग (वि) intima r
antarvirodh अन्तर्विरोध (ना) interna r kontraŭstaro r
antargat अन्तर्गत s (वि) suba r, inkluziva r
antariip अन्तरीप (ना) kabo r v terkapo r
antariksha अन्तरिक्ष s (ना) kosmo r v, spaco r v
antarikshayaan अन्तरिक्षयान (ना) kosmoŝipo r v
antarim अन्तरिम s (वि) intertempa, portempa, provizora r
antarnihit अन्तर्निहित (वि) enhava r
antaryaamii अन्तर्यामी (वि) travidebla r; konanta; dio
antatah अन्ततः s (क्रिवि) fine r, finfine r
anThaanabbe अन्ठानब्बे (ना) naŭdek v ok (98)
anThaaunna अन्ठाउन्न (ना) kvindek v ok (48)
antyaanupraas अन्त्यानुप्रास (ना) rimo r v
antyeshTi अन्त्येष्टि (ना) kremacio r v, funebro r v
anuvaad अनुवाद s (ना) traduko r v
anubam अणुबम (ना) atombombo v
anubhav अनुभव s (ना) sperto r v
anuchchhed अनुच्छेद s (ना) ĉapitro r v
anuchit अनुचित s (वि) maldeca r
anudaan अनुदान s (ना) monhelpo
anuhaar अनुहार s (ना) vizaĝo r v
anukampaa अनुकम्पा (ना) kompato r v
anukaran अनुकरण s (ना) imito r
anukaraniiy अनुकरणीय s (वि) imitinda
anukramanikaa अनुक्रमणिका (ना) indekso r v
anukuul अनुकूल s (वि) taŭga r, konvena r
anumaan अनुमान s (ना) konjekto r, supozo r, diveno r
anumati अनुमति s (ना) permeso r
anumatipatra अनुमतिपत्र (ना) permesilo r v, licenco r v
anumodan अनुमोदन s (ना) aprobo r
anunaasik अनुनासिक (वि) naza r (sono r v)
anupaat अनुपात s (ना) proporcio r v
anupam अनुपम s (वि) senkompara r, unika r
anupasthit अनुपस्थित s (वि) foresta r, neĉeesta
anuraag अनुराग s (ना) pasio r v
anuruup अनुरूप s (वि) identa r, konforma r, simila r
anusandhaan अनुसन्धान s (ना) esploro r
anusaran अनुसरण s (ना) sekvado
anusarga अनुसर्ग (ना) sufikso r v
anusvaar अनुस्वार (ना) naza r sono r v
anushaasan अनुशासन s (ना) disciplino r
anusuuchii अनुसूची s (ना) indekso r v
anutpaadak अनुत्पादक s (वि) nefekunda
anuttar अनुत्तर (वि) senresponda
anuttiirna अनुत्तीर्ण (वि) ekzamene r malsukcesa r
anuyaayii अनुयायी s (ना) sekvanto
anyaay अन्याय s (ना) tiraneco r, maljusteco r
anyathaa अन्यथा s (क्रिवि) se ne, alie r, male v
anyol अन्योल s (ना) dilemo r, malfeliĉo r
apaangga / apaahij अपाङ्ग s / अपाहिज (वि) handikapita, kripla r
apaar अपार (वि) senlima r
apavaad अपवाद s (ना) escepto r
apabhrash अपभ्रंश s (ना) simpliĝo de vorto r v, malpliboniĝo
apach अपच (ना) dispepsio r
apaDh अपढ (वि) needukita
apaharan अपहरण s (ना) forkapto r, forrabo
apamaan अपमान s (ना) insulto r v, ofendo r
aparaadh अपराध s (ना) krimo r v
aparaadhii अपराधी s (ना) krimulo r
aparaanha अपरान्ह (ना) posttagmezo r
aparivartaniiy अपरिवर्तनीय s (वि) neŝanĝenda
aparichit अपरिचित s (वि) nekonata r, fremda r
aparihaarya अपरिहार्य s (वि) esenca r, nemalhavebla
aparjhaT अपर्झट (क्रिवि) subite r
aparyaapta अपर्याप्त s (वि) nesufiĉa
apashabda अपशब्द (ना) fivorto, tabua r vorto r v
apashakun अपशकुन (वि) malbonaŭgura r
apashoch / aphasos अपशोच / अफसोस s (ना) bedaŭro r
aphabaah अफबाह (ना) onidiro r v, skandalo r v
aphrikaa अफ्रिका v (ना) Afriko r v
apiil अपील (ना) peto r
apratyaashit अप्रत्याशित s (वि) neatendita
apratyaksha अप्रत्यक्ष s (वि) nerekta r, nevidebla
april अप्रिल s (ना) aprilo r v
apsaraa अप्सरा s (ना) feino r v
apThero अप्ठेरो (वि) malfacila r
aputaalii अपुताली (ना) heredaĵo r ricevita de seninfanulo
apuuro अपूरो (वि) nefinita r
araajak अराजक s (वि) anarkia r
araaunu अराउनु (सक्रि) ordoni r
arab अरब (ना) Arabo r
araro अररो (वि) frosta r
arbud rog अर्बुद रोग (ना) kancero r v
are अरे (विबो) ho
aringgaal अरिङ्गाल (ना) krabro r (granda r vespo r v)
arko अर्को s (क्रिवि) pli; alia r v
arnaa अर्ना (ना) bisono (speco r v de bufalo v)
arpan अर्पण s (ना) oferado r v
arpanu अर्पनु (सक्रि) oferi r
arth अर्थ s (ना) signifo r v;financo r
arthaat अर्थात् s (सं) alivorte r
arthashaastra अर्थशास्त्र v (ना) ekonomio r v
asaavadhaan असावधान (वि) malatenta
asaadhaaran / asaamaanya असाधारण / असामान्य s (वि) eksterordinara r
asaadhya असाध्य s (वि) tre; neebla r
asaamayik असामयिक (वि) neoportuna
asabhya असभ्य s (वि) necivilizita
asahayog असहयोग s (ना) malhelpo r, manko r de helpo r
asajilo असजिलो (वि) malfacila r
asal असल (वि) bona r, bonkvalita
asalagnataa असंलग्नता (ना) neŭtraleco r
asamaan असमान s (वि) malsimila r
asamartha असमर्थ s (वि) nekapabla r
asambandhit असम्बन्धित (वि) nerilata
asambhav असम्भव s (वि) neebla r
asangkhya असङ्ख्य s (वि) sennombra r
asantushTa असन्तुष्ट s (वि) nekontenta
asaphal असफल s (वि) malsukcesa r
asar असर (ना) efiko r
asarphii असर्फी s (ना) ora monero r v
asvaabhaavik अस्वाभाविक (वि) kontraŭnatura
asviikaar अस्वीकार s (ना) rifuzo r
asha अंश (ना) parto r v, membro r
ashaanti अशान्ति (ना) malpaco r, maltrankvilo r
ashabanDaa अंशबन्डा (ना) divido r v de posedaĵoj r al hereduloj
ashikshit अशिक्षित s (वि) needukita
ashishTa अशिष्ट (वि) malafabla r
ashliil अश्लील s (वि) obscena r, erotika r
ashubh अशुभ (वि) malbonaŭgura r
asii असी (ना) ok dek (80)
asiim / asiimit असीम s / असीमित (वि) senlima r
aspashTa अस्पष्ट s (वि) neklara
aspataal अस्पताल s (ना) hospitalo r v, malsanulejo r v
astabal अस्तबल (ना) stablo r
asthaayii अस्थायी (वि) kelktempa, provizora r
asthipanjar अस्थिपन्जर (ना) skeleto r v
asthir अस्थिर (वि) maltrankvila r
asti अस्ति (क्रिवि) antaŭ r hieraŭ r
astitva अस्तित्व s (ना) ekzisto r v
astra अस्त्र s (ना) armilo r v
asTreliyaa अस्ट्रेलिया v (ना) Aŭstralio r v
asuvidhaa असुविधा (ना) malfacileco r, manko r de komforto r
asul असुल s (ना) pago r de ŝuldo r v
aTaalii अटाली (ना) balkono r
ataasinu अतासिनु s (अक्रि) timegiĝi, ektimegiĝi
aTaaunu अटाउनु (अक्रि) taŭgi r
atah अतः (क्रिवि) do, tial r
aTal अटल (वि) firma r, rigida r
aTer अटेर (वि) obstina r
athaah अथाह s (वि) tre profunda r
aThaara अठार s (ना) dek ok (18)
aThaasii अठासी (ना) okdek v ok (88)
athavaa अथवा s (सं) aŭ
athak अथक (वि) nelaca, persista r
aThingagar अठिङगर (ना) striko r v
aThoT अठोट s (ना) decido r v, determino r
aThThaais अठ्ठाइस s (ना) dudek v ok (28)
aThThachaalis अठ्ठचालिस (ना) kvardek v ok (48)
aThThahattar अठ्ठहत्तर (ना) sepdek v ok (78)
aThThasaThThii अठ्ठसठ्ठी (ना) sesdek v ok (68)
aThThatiis अठ्ठतीस (ना) tridek v ok (38)
ativaad अतिवाद (ना) troismo, radikalismo r
ativrishTi अतिवृष्टि (ना) tro da pluvo r v
atikraman अतिक्रमण s (ना) sin trudo r
atirathii अतिरथी (ना) marŝalo r v
atiraỹjan अतिरञ्जन (ना) troigo r
atiraỹjit अतिरञ्जित (वि) troigita
atirikta अतिरिक्त s (वि) ekstra r, kroma r
atiriktaaangka अतिरिक्ताअङ्क (ना) suplementa r numero r v (de ĵurnalo r v)
atisaar अतिसार (ना) disenterio r v, lakso r v
atishayokti अतिशयोक्ति (ना) troigo r
atithi grih अतिथि s गृह (ना) gastejo r v
atithi satkaar अतिथि s सत्कार s (ना) gastigado
aTnu अट्नु (अक्रि) enhavebli, esti r taŭga r
aTograaph अटोग्राफ (ना) aŭtografo r
aTomeTik अटोमेटिक (वि) aŭtomata r
aTomobaail अटोमोबाइल (ना) aŭtomobilo r v
attaalinu अत्तालिनु (अक्रि) nervozi r, ploregi
aTTahaas अट्टहास s (ना) ridego r
attar अत्तर s (ना) parfumo r v
atulaniiy अतुलनीय s (वि) senkompara r, preterkompara
aTuT अटुट s (वि) daŭra r, ne rompita
atyaavashyak अत्यावश्यक (वि) tre necesa r
atyaachaar अत्याचार (ना) tiranismo, premateco r
atyaas अत्यास s (ना) timego
atyadhik अत्यधिक s (वि) tro multa r
atyanta अत्यन्त s (क्रिवि) tre r v
atyukti अत्युक्ति s (ना) troigo r
atyuttam अत्युत्तम (वि) tre bona r, bonega
औ au
auchitya औचित्य (ना) intenco r, utileco r
auDaahaa औडाहा (ना) turmento r
audhii औधी (क्रिवि) tre, multege r
aujaar औजार v s (ना) ilo, instrumento r v
aũlaa / aulaa औँला / औंला (ना) fingro r v
aupachaarik औपचारिक s (वि) oficiala r, solena r
aupachaarik bhaashaa औपचारिक s भाषा